Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

रोकिएको इञ्जिनियरिङ लाइसेन्स परीक्षा फागुन मसान्तदेखि


काठमाडौं । लामो समयदेखि रोकिएको इन्जिनियरिङ लाइसेन्सको परिक्षा फागुन मसान्तदेखि शुरु हुने भएको छ ।

नेपाल इञ्जिनियरिङ काउन्सिलले लिने यो परिक्षाको फारम गत भदौमा खुला गरेको भए पनि परिक्षा हुन सकेको थिएन् । आइतबार बसेको नेपाल इञ्जिनियरिङ काउन्सिलको बैठकले लाइसेन्स परिक्षाको फर्म पुस २० गतेदेखि भर्न भर्न सुरु गर्ने निर्णय गरेको हो ।

यसअघि २०७९ भदौ २८ देखि अनलाइन फारम भर्न सूचना जारी गरेको थियो ।

नयाँ ऐन जारी भएपछि परिक्षा अनिवार्य

नेपाल इञ्जिनियरिङ परिषद् ऐन कार्यन्वयनमा आएसँगै इञ्जिनियरिङ अभ्यास गर्न चाहानेलाई परीक्षा अनिवार्य गरिएको हो । यस ऐनमा नेपाल इञ्जिनियरिङ परिषद्मा नाम दर्ता नगराई कुनै पनि इञ्जिनियर अध्ययन गरेको व्यक्तिले इञ्जिनियरिङ व्यवसाय गर्न नपाइने व्यवस्था छ । नाम दर्ता गर्नको लागि परिषद्ले लिने परीक्षा पास गर्नुपर्नेछ ।

ऐनले व्यवसायिक आचार संहिताको उल्लंघन गर्ने वा पालना नगर्ने दर्तावाला इञ्जिनियरलाई परिषद्ले ऐनअनुसार सजाय गर्ने व्यवस्था गरिएको छ । सजायहरुमा नसिहत दिने, कुनै खास अवधिको लागि इञ्जिनियरिङ व्यवसाय गर्न नपाउने गरी नामदर्ता प्रमाणपत्र निलम्बन गर्ने र दर्ता किताबबाट नाम हटाउनेसम्मको सजाय गर्ने व्यवस्था छ ।

यसअघि परिषदमा नाम दर्ता भएको विश्वविद्यालयमा अध्ययन गरेको व्यक्तिले आफ्नौ प्रमाणपत्र पेस गरेपछि परिषद्ले नाम दर्ता गर्ने गरेको थियो । नाम दर्ता भएपछि इञ्जिनियरिङ व्यवसाय गर्न कुनै अवरोध थिएन् ।

इञ्जिनियरले ऐनमा व्यवस्था भएबमोजिम परिषद्ले तोकेको सदस्य संयोजक, परिषद्ले तोकेको परिषद्का तीनजना सदस्य र रजिष्टार सदस्य सचिवको रुपमा रहेको समितिले परिक्षा लिनेछ । इञ्जिनियरको परिक्षा वर्षमा दुइ पटक सञ्चालन हुनेछ । परिक्षामा सहभागी भएर उत्र्तीन भएका दरखास्तावालाको नाम दर्ता गर्नको लागि समितिले परिषद्मा सिफारिस गर्नेछ ।

तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले २९ जेठ २०७६ मा नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संसोधन) विद्येयक राष्ट्रिय सभामा दर्ता गरेका थिए । त्यसपछि ३ असार २०७६ मा राष्ट्रिय सभामा प्रस्तुत भएको थियो । १० असार २०७६ मा सामान्य छलफल भयो र ३ साउन २०७६ मा समितिमा दफावार छलफल भएको थियो ।

समितिले १० पुस २०७६ मा प्रतिवेदनसहित पेस गरेपछि १४ पुस २०७६ मा राष्ट्रिय सभाले पारित गरेको थियो । ३२ महिनापछि प्रतिनिधि सभामा पेस भएकै दिन बुधबार ऐन पारित भएको थियो । त्यसपछि राष्ट्रपतिले ५ भदौं २०७९ मा विधेयकलाई प्रमाणीकरण गरेकी थिइन् ।


Read Previous

साना नेपाली उद्यमीको व्यापार क्षमता बढाउन इयुको सहयोग

Read Next

निर्माण उद्योगको समस्याबारे ध्यानाकर्षण गराउन दुई उप्रधानमन्त्रीसँग महासंघ प्रतिनिधिमण्डलको भेट

Leave a Reply

Your email address will not be published.