Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

साना नेपाली उद्यमीको व्यापार क्षमता बढाउन इयुको सहयोग


पोखरा । युराेपियन युनियन (इयु) काे सहयाेगमा  साना नेपाली कफी उत्पादक तथा निर्यातकर्ताको आपूर्ति क्षमता बढाउन तालिम तथा प्रशिक्षण दिन सुरु गरिएकाे छ । इयुकाे आर्थिक सहयोगमा साना नेपाली उद्यमीकाे व्यापार क्षमता बढाउने उद्देश्यले कास्कीकाे पाेखरामा ३ दिने तालिम सुरु भएकाे हाे ।

तालिममा सहभागी गण्डकी तथा लुम्बिनी प्रदेशका साना तथा मझौला ३० जना कफी व्यवसायीहरूले व्यापारका विविध पक्षहरूबारे आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर पाउने छन् । सन् २०२६ सम्म अतिकम विकसित मुलुकमा स्तरोन्नति हुने प्रयासमा रहेको नेपालका लागि सुक्ष्म, साना तथा मझौला व्यवसायहरू लक्षित यस कार्यशालाले उनीहरूको उत्पादन तथा निर्यात क्षमता अभिवृद्धि महत्त्वपूर्ण हुनेछ ।

इयुकाे अन्तराष्ट्रिय व्यापार केन्द्र ( आइटिसी ) अन्तर्गत इयु-नेपाल व्यापार तथा लगानी कार्यक्रम ( टिआइपी ) उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले  संयुक्त रूपमा यो क्षमता विकास तालिम आयोजना गरेका हुन् । विश्व व्पापारमा जोडिएका वा जोडिन खोज्ने सुक्ष्म लघु तथा मझौला व्यवासाय ( एमएसएमइज ) को अन्तराष्ट्रिय बजारमा पहुँच बढाउनुका साथै गैह्र भन्सारजन्य अवरोधहरू हटाउन एवं बजार सम्बन्धी पूर्व सूचनाको पहुँच बढाउने उद्देश्यले याे तालिम आयाेजना गरिएकाे आयाेजकले जनाएकाे छ ।

नेपाली कफी व्यावसायीहरूको निर्यात क्षमता बढाउन इयु नेपाल टिआइपिले युरोपेली संघ र संयुक्त राज्य अमेरिकालाई लक्षित गरी निर्यात सहजीकरणका दुई छुट्टा छुट्टै गाइडहरू पनि तयार पारेको छ । आइटिसीको प्राविधिक सहयोग तथा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्य एवं समन्वयमा यी दुवै गाइडहरू तयार भएका हुन् ।

यी गाइडहरूले नेपाली निर्यातकर्ताहरूले ती दुवै गन्तव्यमा कफी निर्यातका लागि अपनाउनु पर्ने प्रकृयता र पालना गर्नुपर्ने मापदण्डका साथै आयातकर्ताले सफलतापूर्वक सम्बन्धित गन्तव्य मुलुकमा पुरागर्नुपर्ने प्रकृयाको बारेमा चरणवद्ध प्रक्रिया समेटेका छन् । नेपाली कफीबारे जानकारी, युरोपियन युनियन र संयुक्त राज्य अमेरिकामा कफीको निर्यातको अवस्था, निर्यातको प्रकृया, आवश्यक कागजात, निर्यात प्रवर्द्धनका लागि व्यापार सहजीकरण एवं बजार प्रवर्द्धनबारे उद्यमीहरूले सिक्न पाउने छन् ।

तालिम अन्तरक्रियात्मक तथा व्यवहारिक सिकाइमा आधारित बनाइएकाे छ । तालिममा सहभागीहरूले आफूले सिकेका कुराबारे प्रस्तुति दिने अवसर पाउने छन् । रजिस्टर्ड एक्सपोर्ट सिस्टम ( रेक्स), नेपाली निर्यातकर्ताका लागि निर्यात वित्तीयकरणका विकल्पहरू एवं अन्तर्राष्ट्रिय व्यापारका अन्य विविध पक्षहरूबारे केन्द्रित सत्रहरू पनि संचालन भइरहेका छन् ।

तालिमकाे पहिलाे दिन पुगेका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव तोयम रायले व्यवसायीहरूले कफी निर्यातका लागि चाहिने नीतिगत सुधारबारे सरकारलाई लिखित रूपमा जनाकारी दिन आग्रह गर्दै आगामी बजेटमा त्यसको उचित सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अन्तराष्ट्रिय बजारको माग र गुणस्तर अनुसारको उत्पादन तथा आपूर्ति क्षमता बढाउनु पर्नेमा उनले जाेड दिए । उनले निर्यात प्रवर्द्धनका लागि साना तथा मझौला व्यवसायहरूको लागि विशेष व्यवस्था गरी सहजीकरण गर्ने सरकारको प्राथमिकता रहँदै आएको बताए ।

मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले स्वदेशी तथा विदेशी बजारमा कफीको उच्च माग रहेको बताउँदै उत्पादन र निर्यात प्रवर्द्धनमा दातृ निकाय, व्यवसायी  र सकारको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे ।  टिइपिसीका कार्यकारी निर्देशक शरद बिक्रम राणाले सरकारी निकाय,  दातृ निकाय र व्यवसायीहरूबीच अन्तरकृया मार्फत कफी क्षेत्रका समस्याका समाधानको लागि उपाय खोजिनुपर्नेमा जोड दिए ।

नेपालमा उत्पादन भएकाे नेपाली ब्राण्डकाे कफी  १७ सय रुपैयाँ किलाे निर्यात हुने गरेकोमा आयात ३ सय ९१ रुपैयाँ प्रतिकिलोमा हुने गरेको उनले जानकारी दिए । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक अनुसार नेपालमा वार्षिक ३ सय ५५ टन कफी उत्पादन हुने गरेको छ ।

युरोपियन युनियनका वरिष्ट कार्यक्रम व्यवस्थापक मिम हमालले नेपाल सन् २०२६ सम्म अतिकम विकासित मुलुकको स्तरमा पुगे पछि देखिने अन्तर्राष्ट्रिय बजारका चुनौतिहरूको सामाना गरी निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय बजारका आवश्यकता र गुणस्तर अनुसारको उत्पादन अभिवृद्धि गर्न यस तालिमले सहयोग पुग्ने बताए ।

इयु टिआइपी/ आइटिसीका कार्यक्रम संयोजक विदुर घिमिरेले नेपालमा कफी क्षेत्रमा संलग्न सुक्ष्म, साना तथा मझौला उत्पादक तथा निर्यातकर्ताहरूको उत्पादन क्षमता बढाइ अन्तराष्ट्रिय बजार सम्पर्क तथा पहुँच वृद्धि गर्न यस कार्यशालाले सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै यस्ता क्षमता अभिवृद्धि कार्यशालाले नेपाली कफीको अन्तराष्ट्रिय तथा क्षेत्रीय बजारको मुल्य श्रृंखलामा थप पहुँच पुर्याउने बताए ।

कफी उत्पादक महासंघका अध्यक्ष ओम अधिकारीले नेपालमा हाल १२ लाख हेक्टरमा कफीको खेती गर्न सकिने भए पनि हाल २ हजार ६ सय हेक्टरमात्र खेती भइरहेको जानकारी दिए ।  नेपाली कफीको दिगो निर्यातका लागि गुणस्तरमा ध्यान दिनुपर्ने तथा किसानहरूलाई विशेष सुविधा दिएर आकर्षित गर्नुपर्ने पनि उनले बताए ।

तालिममा गोर्खा, स्याङजा, लम्जुङ, गुल्मी, पाल्पा, कास्की लगायतका जिल्लाका २५ जना कफी उत्पादक तथा  ५ जना निर्यातकर्ता सहभागी  भएका छन् । ती मध्ये १३ जना महिला छन् ।


Read Previous

सन् २०२२ मा पर्यटक आगमनमा ६५ प्रतिशतले सुधार–बोर्ड

Read Next

रोकिएको इञ्जिनियरिङ लाइसेन्स परीक्षा फागुन मसान्तदेखि

Leave a Reply

Your email address will not be published.