Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

सौर्य विद्युतको खरिद दर ७.३० रुपैयाँ नै कायम गर्न ऊर्जा उत्पादकहरूको माग


काठमाडौं । स्वतन्त्र सौर्य ऊर्जा उत्पादकहरूले सौर्य विद्युत आयोजनाको पुरानै विद्युत खरिद दर (७.३० रुपैयाँ) कायम गर्न माग गरेका छन् । सौर्य ऊर्जा उत्पाकहरूको संस्था, नेपाल (स्वपान) पदाधिकारीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेखि प्रतियुनिट ५.९४ रुपैयाँ दरमा आयोजनामा लगानी गर्न नसकिने हुँदा खरिद मूल्यमा संशोधन गरी प्रतियुनिट ७.३० रुपैयाँ दर कायम गर्नुपर्ने माग गरेका हुन् ।

प्राधिकरणले गत मंसिर १२ गते सौर्य विद्युतको प्रतियुनिट ५.९४ रुपैयाँ अधिकतम दर तोकि बोलपत्र आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको बोलपत्रमा तोकिएको दर वैज्ञानिक नभएको भन्दै प्रवर्द्धकहरूले यो दरमा विद्युत बिक्री गर्ने गरी लगानी गर्न नसकिने भन्दै यो दर खारेजीको माग गरेका छन् ।

प्राधिकरणले तोकेको प्रतियुनिट ५.९४ रुपैयाँ दरमा आयोजना निर्माण गरी विद्युत बिक्री गर्दा लागत, ऋणको ब्याजदर, ह्रासकट्टी, स्वपुँजी लगानीको प्रतिफल, सञ्चालन तथा मर्मत खर्च, कर, ऋण तथा पुँजीको अनुपातका आधारमा उचित नहुने स्वपानको ठहर छ । प्राधिकरणले आह्वान गरेको बोलपत्रमा सौर्य विद्युत आयोजना निर्माण गर्न प्रतिमेगावाट ७ करोड १५ लाख रुपैयाँ लागत अनुमान गरिए पनि यो नेपालका लागि नभई भारतको ऊर्जा बजारलाई आधार मानेर निर्धारण गरिएको हुँदा नेपालमा यो लागतमा आयोजना बनाउन नसकिने स्वपानले प्राधिकरणलाई लेखेको पत्रमा उल्लेख छ ।

‘भारतमा बनिरहेका सौर्य विद्युत आयोजनाको जडित क्षमता ५ सय देखि १ हजार मेगावाटसम्म छ,’मागपत्रमा भनिएको छ,‘नेपालमा अहिलेसम्म १० मेगावाटसम्मका सौर्य विद्युत आयोजना मात्रै निर्माण गर्न सम्भव भएकाले भारतसँग तुलना गरेर नेपालमा सौर्य विद्युत आयोजनाको लागत अनुमान गरिनु नै त्रुटिपूर्ण देखिन्छ ।’ भारतमा सौर्य विद्युत आयोजना निर्माण भएको क्षेत्रमा जग्गाको प्रतिविगाह मूल्य ५ देखि ८ लाख भारु मात्रै रहेको र यसको तुलनामा नेपालमा जग्गा महंगो हुने हुँदा प्राधिकरणले अनुमान गरेको लागतमा आयोजना बनाउन नसकिने स्वपानको पत्रमा उल्लेख छ ।

यस्तै, प्राधिकरणले अनुमान गरेको लागतमा बैंक तथा वित्तीय संस्थाको ऋणको ब्याजदर १० प्रतिशत राखेको दर यथार्यमा अहिलेको ब्याजदर १३ प्रतिशतसम्म पुगेकाले नयाँ दरअनुसार सौर्य ऊर्जामा लगानी गर्न नसकिने स्वपानले स्पष्ट पारेको छ ।

बैंकको ब्याजदर नै १३ प्रतिशतसम्म पुगेकाले प्रतियुनिट ५.९४ रुपैयाँमा विद्युत बिक्री गर्ने गरी लगानी गरेर प्राधिकरणले अनुमान गरेको जस्तो लगानीकर्ताले १५ प्रतिशत प्रतिफल पाउन सम्भव नदेखिएकाले २० प्रतिशतसम्म प्रतिफल आएमा मात्रै लगानी गर्न सकिने स्वपानको पत्रमा भनिएको छ ।

भारतले सौर्य ऊर्जा उत्पादकहरूलाई प्रतियुनिट ५ भारु (८ नेरु) दिइरहेको हुँदा नेपाली प्रवद्धकका लागि ५.९४ रुपैयाँ दर तोकिनु अव्यवहारिक र अदुरदर्शी निर्णय भएको स्वपानको ठहर छ ।

स्वपानले विद्युत प्राधिकरणलाई पठाएको मागपत्र

20221218 SOPPAN Letter to NEA re solar tariff and bid1

Read Previous

तुलसीपुरको खानेपानी समस्या समाधान गर्न बबईको पानी लिफ्टिङ गरिँदै

Read Next

रोकिएको धरहरा पुनःनिर्माण अझै सुरु भएन

Leave a Reply

Your email address will not be published.