Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

तुलसीपुरको खानेपानी समस्या समाधान गर्न बबईको पानी लिफ्टिङ गरिँदै


दाङ । दाङको तुलसीपुरमा बबई नदीको पानी लिफ्टिङ गर्ने काम अघि बढेको छ । यसका लागि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यालय परिसरमा भूमिगत पानी ट्याङ्की निर्माणको काम सुरु भएको हो ।

कुल ५६ करोड ८० लाख २४ हजार ६ सय ३० रुपैयाँ लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीले सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ता रु ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको बताए ।

जसमा सरकारले ३८ करोड ८३ लाख, १७ हजार २ सय ४१ र उपभोक्ताले १७ करोड ७ लाख ३ सय ८८ रुपैयाँ खर्च हुनेछ । उपभोक्ताका तर्फबाट अहिले ५ प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाइएको छ ।
नगर विकास समितिबाट १४ करोड २२ लाख ५६ हजार १ सय ५८ ऋण लिएको र बाँकी २ करोड ८४ लाख ५१ हजार २ सय ३१ रुपैयाँ उपभोक्ताले तिरेका छन् ।

तुलसीपुर–अमिलिया सडकको बबई पुलदेखि पूर्वपट्टी ३ वटा सम्पवेल (इनारजस्तै पानी संकलन गर्ने प्रविधि) निर्माण हुनेछ । त्यसको ३ सय मिटर उत्तरमा ट्रिटमेन्ट प्लान बन्नेछ । जहाँ ‘¥यापिड स्यान्ड फिल्टर’ दुई वटा सितलपुरमा र ‘मल्टी ग्रेड प्रेसर फिल्टर’ ६ वटा निर्माण हुनेछन् । ‘मल्टी ग्रेड फिल्टर’ ट्याङ्की निर्माण हुने स्थानमा बन्नेछ ।

त्यस्तै सीतलपुरमा आरभिटी कलेक्सन चेम्बर ५०० घन मिटर, इन्टर मिडियट आरभिटी टकी संतनिरङकारी नेर ३०० घनमिटर, प्रदेश प्रहरी कार्यालय नजिक इन्टर मिडियट आरभिटी ३०० घन मिटर बन्नेछ ।

त्यस्तै चारवटा ओभरहेड ट्याङकी निर्माण हुनेछन । शिखर कोलेनीमा ४५० घनमिटर, झुमरेमा ४५० घनमिटर, मोतिपुरमा २२५ घनमिटर, इन्द्रनगरमा ४५० मिटर घनमिटर ओभरहेड ट्याङ्की पनि निर्माण हुनेछन ।

दुईवटा अन्डर ग्राउन्ड ट्याङ्की निर्माण हुनेछन । त्यस्तै डुम्रीगाउँमा ६०० घनमिटर र खानेपानी कार्यालय परिसरमा ३०० घनमिटर अन्डरग्राउन्ड टंकी निर्माण हुनेछन ।

त्यस्तै प्रशारण पाइपलाइन २८ दशमलव ३१५ किलोमिटर हुनेछ भने पानी वितरण गर्ने पाइप १२५ दशमलव ७५२ किलोमिटर लम्बाइको हुनेछ । साथै ७ वटा सुरक्षागार्ड हाउस र १० वटा पम्प हाउस पनि निर्माण हुनेछन ।

बबई लिफ्टिङबाट डिपबोरिङमार्फत प्रतिसेकेन्ड ६०/६० लिटर पानी आपूर्ति गर्न सकिनेछ ।

त्यस्तै ६ वटा डिपबोरिङ निर्माण हुनेछन् । गोलौरा, सन्तनिरंकारी भवन नजिक, खानेपानी संस्थाको कार्यालय परिसर, सीप बिकास कार्यालय नजिक, इन्द्रनगर र पहिलेको संघीय प्रहरी कार्यालय गरी विभिन्न ६ स्थानमा डिपबोरिङ निर्माण गरिनेछ । जसबाट प्रतिसेकेन्ड ४० लिटर पानी आपूर्ति गरिनेछ ।

तुलसीपुर खानेपानी अन्तर्गत हालसम्म ८ हजार २ सय २६ धारा छन् । तर, बबई लिफ्टिङको काम पूरा भएमा ५ हजार ५ सय धारा थप हुनेछन् । हाल तुलसीपुर खानेपानीका मुलकोट, राम्री, चिसापानी, धैरनी, बाख्रे, छरछरे, पहर र लाहुरेचौर गरी आठ वटा ग्राभेटी मुहान छन् ।

त्यस्तै कार्यालय परिसरमा डिपबोरिङ, डुम्रीगाउँ, रजौरा, विमानस्थल, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेडक्रस परिसरमा भूमिगत मुहान स्रोत छन् । त्यस्तै रानीजरुवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान छन् ।

तुलसीपुरको खानेपानी परिसरमा निर्माण हुन लागेको अण्डरग्राउण्ड ट्याङ्कीको उद्घाटन गर्नुहुँदै उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले परियोजना निर्माणपछि यहाँको खानेपानी समस्या दीर्घकालका लागि समाधान हुने बताए ।


Read Previous

राजधानीमा खानेपानीको वैकल्पिक व्यवस्था आवश्यकः खानेपानी मन्त्री

Read Next

सौर्य विद्युतको खरिद दर ७.३० रुपैयाँ नै कायम गर्न ऊर्जा उत्पादकहरूको माग

Leave a Reply

Your email address will not be published.