Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

कात्तिक ८ देखि माथिल्लो तामाकोसीको प्राविधिक निरीक्षण, एक साता उत्पादन बन्द हुने


काठमाडौं । दोलाखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको प्राविधिक निरीक्षण गरिने भएको छ । जलविद्युत केन्द्रको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले आगामी कात्तिक ८ गतेदेखि बाँध र मुख्य सुरुङको प्राविधिक निरीक्षण गर्न लागेको हो ।

कम्पनीले शुक्रबार सूचना सार्वजनिक गरी करिब १ सातासम्म जलविद्युत केन्द्रको प्राविधिक निरीक्षण गर्ने तालिका रहेको जानकारी दिएको छ । तालिका अनुसार ८ गतेबाट सुरु गरी कात्तिक १५ गतेसम्ममा जलविद्युत केन्द्रकाे प्राविधिक निरीक्षण सम्पन्न गरिनेछ । यो अवधिमा जलविद्युत केन्द्रको विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद हुनेछ ।

कम्पनीका अनुसार कात्तिक ८ गतेदेखि जलविद्युत केन्द्रको प्राविधिक निरीक्षण गर्न सोही दिन बिहान १ बजेदेखि जलाशयको पानी घटाउन सुरु गरिनेछ । ‘कात्तिक ८ गतेदेखि जलविद्युत केन्द्रको बाँध र सुरुङको प्राविधिक निरीक्षण सुरु हुन्छ,’ सूचनामा भनिएको छ,‘करिब १ सातासम्म चल्ने प्राविधिक निरीक्षणका लागि जलाशयको पानी घटाउँदा १२ घन्टासम्म नदीमा पानीको बहाव बढ्नेछ ।’

मंगलबार बिहान १ बजेदेखि सुरुङ खाली गराउन जलाशयको पानी छोड्दा नदीको बहाव बढ्ने हुँदा तल्लो तटिय क्षेत्रका स्थानीयलाई सावधानी अपनाउन पनि कम्पनीले आग्रह गरेको छ । जलाशय सुकाउँदा तल्लो तटिय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोसी नदी दोभानसम्म माछा मार्ने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने, लुगा धुने, गाई भैंसी लैजाने, गिटी–बालुवा निकाल्ने, गाडी तार्ने कार्य नगर्न पनि कम्पनीले स्थानीय समक्ष आग्रह गरेको छ ।

यी क्षेत्रमा परम्पराअनुसार मृतकको दाहसंस्कार गर्दा समेत सावधनी अपनाउन पनि कम्पनीले सूचना मार्फत अनुरोध गरेको छ । व्यापारिक विद्युत उत्पादन सुरु भएको १३ महिनापछि जलविद्युत केन्द्रको प्राविधिक निरीक्षण हुन लागेको हो । कात्तिक १५ गतेसम्ममा प्राविधिक निरीक्षण पूरा गरी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन सुरु गरिने पनि कम्पनीले जनाएको छ ।


Read Previous

१७ वर्षमा पनि बनेन ‘वीरेन्द्रनगर चक्रपथ’

Read Next

उपत्यका,हिमाल र पहाडमाभन्दा तराईमा बढ्यो महँगी   

Leave a Reply

Your email address will not be published.