Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

उपत्यका,हिमाल र पहाडमाभन्दा तराईमा बढ्यो महँगी   


काठमाडाैं । तराई-मधेसका जिल्लामा याे वर्ष महंगी आकाशिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेकाे चालू आर्थिक वर्षकाे साउन र भदाैकाे वित्तीय प्रतिवेदनकाे तथ्यांकले काठमाडाैं उपत्यका, हिमाल र पहाडकाे तुलनामा तराई-मधेसका जिल्लामा महंगी बढेकाे देखाएकाे हाे ।

याे अविधमा तराई-मधेसका जिल्लामा सबैभन्दा बढी ९.३३ प्रतिशत मूल्यवृद्धि भएकाे राष्ट्र बैंकले जनाएकाे छ । राष्ट्र बैंकका अनुसार याे मूल्यवृद्धि अपेक्षित अङ्कभन्दा बढी हाे । राष्ट्र बैंकका अनुसार २०७८ भदौमा तराई-मधेसको उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत  थियो ।

यस्तै, गत भदौमा काठमाडौं उपत्यकामा ७.६२ प्रतिशत पहाडमा ८.८२ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत मुद्रास्फीति रहेको छ । राष्ट्र बैंककाे रिपाेर्ट अनुसार २०७८ भदौ महिनामा काठमाडौं उपत्यकामा ३.२३ प्रतिशत, पहाडमा ३.९६ प्रतिशत र हिमाली क्षेत्रमा ३.५१ प्रतिशत महंगी थियाे । यस्तै भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको यही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत रहेको छ ।

२०७८ साल भदौको तुलनामा २०७९ साल भदौमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेन्ट तथा होटल, मदिराजन्य पेयपदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७.२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा र घरायसी उपयोगका वस्तु उपसमूहको मुद्रास्फीति क्रमशः २३.४१ प्रतिशत, १०.५४ प्रतिशत, ९.२५ प्रतिशत, ८.११ प्रतिशत र ७.६९ प्रतिशत रहेको छ ।


Read Previous

कात्तिक ८ देखि माथिल्लो तामाकोसीको प्राविधिक निरीक्षण, एक साता उत्पादन बन्द हुने

Read Next

कोप-२७ मा नेपालकाे प्राथमिकतामा पर्वतीय मुद्दा

Leave a Reply

Your email address will not be published.