Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण    उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन

ट्र्याक खुलेकाे २३ वर्षपछि रत्नेचौर-भकुण्डे-भकिम्ली सडकमा कालोपत्र


म्याग्दी । ट्र्रयाक (मार्ग) खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर-भकुण्डे-भकिम्ली सडकमा कालोपत्रे गर्न सुरु गरिएकाे छ । भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर–१ रत्नेचौरको उपल्लाचौरदेखि अर्जमसम्म, वडा नम्बर–२ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नम्बर–३ काे भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम सुरु गरिएकाे हाे ।

एक निर्वाचन क्षेत्र एक सडक आयोजनामा समावेश भएको यो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको बेनी–१ का वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिए । भकुण्डे र उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नालि निर्माण गर्न लागिएकाे हाे ।

बेनी नगरपालिकाको १, २ र ३ नम्बर वडाका बासिन्दाले प्रयोग गर्ने यो सडककाे २०५६ सालमा पहिलाे पटक सडक मार्ग खोलिएको थियाे । त्यस यता याे सडकमा  सामान्य मर्मतको भरमा यातायात सञ्चालन हुँदै आएको थियो ।

सडक निर्माणका लागि २०७९ साल भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच २३ करोड ३२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तोकिएको ३० महिनाको अवधिभित्र सडक निर्माणको काम सक्ने तयारीसहित उपकरण र मजदुर परिचालन गरिएकाे निर्माण कम्पनीका सञ्चालक अरुण सेढाईले बताए ।

सडकलाई ९ मिटर फराकिलो बनाएर ७ किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्रे र २ किलोमिटर आरसिसी ढलान गर्ने सम्झौता भएको छ । यसैगरी, घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि सडक खण्डमा गरिनेछ । हाल ४ देखि ५ मिटर फराकिलो सडक हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे हुने समस्या छ ।

सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक/एक वटा रणनीतिक महत्त्वकाे सडक आयोजना सञ्चालन गर्न ४०/४० करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यस क्षेत्रका निवर्तमान सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दीका प्रमुख ३ रणनीतिक सडक मध्य कुनै पनि कार्यक्रममा नसमेटिएको र बागलुङको ताराखोला गाउँपालिकासँग जोड्ने भएकाले रत्नेचौर–भकुण्डे–भकिम्ली–बरंजा सडक आयोजनालाई सिफारिस गरिएकाे बताए ।

“बेनी–दाना सडक कालीगण्डकी कोरीडोर र बेनी–दरवाङ सडक प्रदेश सरकारको कार्यक्रममा छ”, उनले भने, “आर्थिक वर्ष २०५५/५६ मा खनिएको यो जिल्लाको अर्को रणनीतिक महत्त्वकाे सडक भएकाले स्तरोन्नतिका लागि सिफारिस गरिएको हो ।”

पहिलो चरणमा उपल्लाचौरदेखि बेनी नगरपालिकाको वडा नम्बर–३ तोराखेतसम्म ९ किलोमिटर दूरीमा कालोपत्रे गर्ने लक्ष्य छ । भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ । यसअघि सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशबिन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म १.३ किलाेिमटर मिटर सडक कालोपत्र गरिएकाे थियाे । ३ सय मिटर सडक ढलान गरिएको थियो ।

सडक कालोत्रप भएपछि रत्नेचौर, उपल्लाचौर, सालघारी, अर्जम, फापरखेत, भकुण्डे, स्यानालेक, तोराखेत र भकिम्लीका बासिन्दालाई निकासी, ढुवानी र आवत–जावतमा सहज हुने अपेक्षा गरिएको छ ।


Read Previous

विश्वकप हुने रंगशालामा स्वच्छ ऊर्जा वितरण गर्न कतारले बनायो ८ सय मेगावाटको सौर्य विद्युत आयोजना

Read Next

कमला सिँचाइ नहरबाट खेतमा सिँचाइ सुविधा पुगेपछि किसानलाई राहत

Leave a Reply

Your email address will not be published.