Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

त्रिशूली जलविद्युत कम्पनीको सेयरको बाँकी रकम असोज ४ गतेबाट संकलन गरिने


काठमाडौं । रसुवा र नुवाकोटकाे सीमामा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निश्कासन गरेको सेयर बापतको बाँकी रकम आगामी असोज ४ गतेबाट संकलन गर्ने भएको छ । रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिक तोकिएको छ ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निष्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर प्राप्त गरी प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने भएकाे हाे ।

साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशत हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले बताए । उनका अनुसार रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत ब्याज दिनु पर्ने प्रावधान बमोजिम सेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने भएकाे छ ।

सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरूले रकम बुझाउन आवेदन दिन सक्नेछन् । सेयरधनीहरूले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्क समेत तिर्नु पर्ने छैन । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ अनुसार सेयर वापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयर वापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नु पर्ने व्यवस्था छ ।

‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकोले साबिका सेयरधनीले चुक्ता गर्न बाँकी ९० रुपैयाँ संकलनका लागि आह्वान गरेका हौं,’ गौतमले भने ।  आयोजनाकाे प्रवर्द्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ ।

कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहनेछ ।

आयोजनाको कूल अनुमानित लागत निर्माण अवधिको ब्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ अनुमान गरिएकाे  छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कूल लागत ८ अर्व २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड) बाट लगानी जुटाइएको छ ।

आयोजनाको निर्माण २०७७ फागुनमा सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाइएको थियो । तर,२०७६ माघमा नयाँ वर्ष मनाउन आफ्नो घर गएका चिनियाँ कामदारहरू कोभिड–१९ का कारण फर्कन नसक्दा तथा लामो समयसम्म रसुवागढी नाका बन्द भएका कारण निर्माण उपकरण उतै राेकिएकाले ल्याउन नसक्दा आयोजना निर्माण करिब १५ महिना ठप्प हुन पुगेकाे थियो ।

आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुर्ण सुचारु भएकोमा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले फेरि ३ साता काम प्रभावित भएको थियो । साथै, मुख्य सुरुङमा अनुमान गरिएभन्दा कमजोर चट्टान फेला परेका कारण पनि आयोजनाको निर्माण प्रभावित हुन पुगेकाे थियाे । चिनियाँ ठेकेदार कम्पनी सुइफा आने ग्रुप कम्पनी लिमिटेडले अहिले इन्टेक, सुरुङ, विद्युतगृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग २९ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान एवं सञ्चालन गर्नेछ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजनाको क्यास्केड भएकाले माथिल्लो त्रिशूली-३ ‘बी’का लािग बाँध, बालुवा थिग्रायाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्दैन। माथिल्लो त्रिशूली ३ ए को विद्युतगृहबाट विद्युत उत्पादन पश्चात निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ ।

समग्र निर्माण प्रगति ६५ प्रतिशत रहेको आयोजनाको काम २०८० को असोजभित्रमा सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ । उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्दन्द्रटार-त्रिशूली-३ ‘बी’ हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ ।


Read Previous

नुवाकोट सौर्य विद्युत आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन

Read Next

मानव विकास सुचकांकमा झिनो सुधार, असमानतामा वृद्धि

Leave a Reply

Your email address will not be published.