Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

कात्तिकमा सीएनआई रोजगार तथा सीप मेला हुने


नेपाल उद्योग परिसंघले कातिक १७ देखि २० गतेसम्म सिएनआई रोजगार तथा सीप मेला २०७९ आयोजना गर्ने भएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा हुने मेलामा बजारमा सीपको उपलब्धता र आवश्यकता बीचको अन्तरलाई घटाउनु रहेको छ ।

यसले सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने अपेक्षा गरिएको छ । त्यस्तै, सरकार तथा अन्य सरोकारवालालाई रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुको आवश्यकतामा काम हुने, नेपालमा विश्वस्तरीय जनशक्ति सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताको पहिचान हुनेछ ।

मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता रहनेछ । मेलाले विभिन्न कम्पनी तथा कामको खोजीमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्नेछ । यस्तै रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ति कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहद छलफल पनि हुनेछ । सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुति दिइनेछ । आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरुसँग सम्पर्क÷छलफल गर्न सकिनेछ ।

मेलामा २०० भन्दा बढी कम्पनीहरु सहभागि हुने हाम्रो अपेक्षा छ । कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरुसमेत गरी ५० हजार भन्दा बढी व्यक्तिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरेको छ ।

देशमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्तिहरु रोजगारीको खोजीमा रहेका हुन्छन । चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीहरुले कर्मचारीहरु माग गरिरहेको पनि देखिन्छ । तर, एकातर्फ आवश्कता अनुसार कम्पनीहरुले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजिमा रहेका व्यक्तिहरु आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको अवस्था छ ।

यही अवस्थालाई सहज बनाउन केन्द्रित भएर नेपाल उद्योग परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा मेला आयोजना गर्न लागिएको हो ।


Read Previous

विश्वकाे ठूलो हरित हाइड्रोजन भण्डारण परियोजना बन्दै

Read Next

अर्थमन्त्रीले प्रधानमन्त्रीको निर्देशन नमान्दा इन्धनको भाऊ घटेन

Leave a Reply

Your email address will not be published.