Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न मुग्लिन-पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइने बेँसीसहर-खुदी सडक कालोपत्र सकियाे   कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल

ऊर्जा र सूचना प्रविधि क्षेत्रका पूर्वाधारको गुणस्तर वृद्धिमा ध्यान दिन इन्जिनियरलाई प्रधानमन्त्रीको आग्रह


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा, सूचना प्रविधि, सडक लगायतका भौतिक पूर्वाधार निर्माण गर्दा गुणस्तरमा ध्यान पुर्याउन सम्पूर्ण इन्जिनियहरूलाई आग्रह गरेका छन् । नेपाल इन्जिनियर एसोसिएशन (एनइए) को ६०औं इन्जिनियर दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।

उनले वर्तमान अवस्थामा पूर्वाधार आयोजनाको लागत बढ्ने तर, गुणस्तर खस्किने क्रम बढिरहेकाले यसलाई सुधार गर्नुपर्ने बताए । उनले द्रुत गतिमा पूर्वाधार निर्माणमार्फत देशको विकासमा इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण भएको पनि बताए ।

‘इन्जिनियर विकास र परिवर्तनका बाहक हुन्,’ प्रधानमन्त्री देउवाले भने, ‘अब नागरिकको जीवन दिगो र गुणस्तरीय बनाउनका लागि पनि इन्जिनियरहरूले भूमिका निर्वाह गर्नुपर्छ ।’ उनले मोल–मोलाई नगरी भौतिक प्रर्वाधार निर्माणको क्षेत्रमा काम गरिरहन समेत उनले आग्रह गरे ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहमद इस्तीयाक राईले संसदको चालु अधिवेशनबाटै ईन्जिनियर काउन्सिल ऐन चालु अधिवेशन मै पास गरिने बताए । संघीयता अनुसारको काउन्सिल ऐन नभएको भन्दै यसमा सुधारको जरुरी रहेको बताए ।
इन्जिनियरहरुको समेत भूमिका रहने विकासतर्फको खर्च ५८ प्रतिशत मात्र रहेको भन्दै उनले यसमा वृद्धि गर्न इन्जिनियर्सहरु लाग्नुपर्ने बताए । स्टाफ कलेज स्थापनाका लागि आफूले प्रयास गर्ने पनि उनले कार्यक्रममा बताए ।
दिवसमा एशोसियसनका अध्यक्ष डा. हरिबहादुर दर्लामी, निवर्तमान अध्यक्ष प्राडा त्रिरत्न ब्रजाचार्य, उपाध्यक्ष डा. नारायण अधिकारी, महासचिव रविभूषण झा लगायतले १८ बर्षदेखि उठान गरिएको स्टाफ कलेजको माग सरकारले पूरा गर्नुपर्ने बताए ।


Read Previous

बैंकको ब्याजदर वृद्धिले उत्पादन क्षमतामा ह्रास आउँदा उद्योगको आम्दानी घट्यो

Read Next

जलविद्युत उद्यमी विजयमान शेरचनलाई ‘लाइफटाइम एचिभमेन्ट’अवार्ड

Leave a Reply

Your email address will not be published.