Nepal Purbadhar

गण्डकी प्रदेशको बजेट ३६ अर्ब ९० करोड, जलविद्युतमा वित्तिय लगानी गर्न ३५ करोड (बजेटको पूर्ण पाठसहित)


काठमाडौ । गण्डकी प्रदेशका अर्थमन्त्री मन्त्री रामजी बरालले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रश्तुत गरेका छन् ।
बुधबार प्रदेशसभामा चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँको बजेट बराबरको बजेट मन्त्री बरालले प्रश्तुत गरेका हुन । सार्वजनिक बजेटमा प्रदेशको आन्तरिक राजश्वबाट ५ अर्ब ९ करोड र रोयल्टी बाँडफाँडबाट ३२ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

यसैगरी बजेटमा नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ९२ करोड, राजश्व बाँडफाँडबाट प्राप्त ९ अर्ब २३ करोड, ससर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक अनुदानतर्फ ८३ करोड र विशेष अनुदानतर्फ ८६ करोड रुपैयाँ प्राप्त गर्ने अनुमान प्रदेश सरकारको छ ।

प्रदेश सरकारले बुढीगण्डकी जलाशययुक्त र उत्तरगंगा जलविद्युत आयोजना यथाशक्य निर्माणका लागि पहल गर्ने उल्लेख गर्दै जलविद्युत लगानी गर्न ३५ करोड बजेट विनियोजन गरेको छ । यसैगरी प्रदेश सरकारले पूर्वाधार विकासका लागि १० अर्ब ३० करोडभन्दा बढी विनियोजन गरेको छ ।

बजेटको पूर्ण पाठ: gandaki prov budjet 1

Facebook Comments

Read Previous

बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड, छिटो प्रतिफल दिने पूर्वाधारलाई प्राथमिकता (पूर्ण पाठसहित)

Read Next

सुदूरपश्चिम प्रदेशको ३६ अर्ब ७४ करोडको बजेट, नारैनाराले भरिएको बक्तव्य (पूर्ण पाठसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar