Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

आगामी वर्षको आर्थिक वृद्धिदर ४.१ प्रतिशतः विश्व बैक


काठमाडौ । विश्व बैकले आगामी आर्थिक वर्ष २०७९/८० को नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको छ ।

विश्व बैकले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनाहरुबारेको प्रतिवेदनमा सनु २०२२/०२३ अर्थात आगामी वर्षको यस्तो अनुमान सार्वजनिक गरेको हो । यो आर्थिक वृद्धिदरको अनुमान नेपाल सरकारले गरेको अनुमानभन्दा करिब झण्डै चार प्रतिशत विन्दुले कम हो ।

हालै सरकारले सार्वजनिक गरिएको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हुने उल्लेख छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० देखि २०८१/०८२ सम्मको मध्यकालीन खर्च संरचनामा भने ७.६ प्रतिशत आर्थिक वृद्धिदर रहने सार्वजनिक गरिएको छ ।

यसैगरी विश्व बैकले आर्थिक वर्ष २०८०/०८१ मा आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको छ तर आयोगले भने ८ प्रतिशत हुने अनुमान सार्वजनिक गरिसकेको छ ।


Read Previous

अहिले नै सबै सवारी साधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य होइनः विभाग

Read Next

ठूलो परियोजनामा पुँजी जुटाउन ‘सम्पत्ति मौद्रिकीकरण’ को नयाँ अवधारणा

Leave a Reply

Your email address will not be published.