Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

माथिल्लो सानीगाडकाे बाँध क्षेत्रका संरचना परीक्षण


काठमाडौं । सूदुरपश्चिम प्रदेशको बझाङस्थित कालंका बेसिनमा निर्माणाधीन १०.७ मेगावाटको माथिल्लो सानीगाड जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचनामा पानी भरेर परीक्षण गरिएको छ । आयोजनाबाट विद्युत उत्पादन सुरु गर्नुअघि संरचनाको अवस्था ठिक छ/छैन भनी हेर्न पानी भरेर परीक्षण गरिएको हो ।

आयोजनाको बाँधको गेट तथा तयार भइसकेका सिभिल संरचनाको परीक्षण गर्न पानी भरिएको प्रवद्र्धक बुङ्गल हाइड्रो पावर कम्पनीले जनाएको छ । अहिले सिभिल संरचनाको परीक्षण भइरहेको आयोजनाको विद्युत उत्पादन सुरु हुन अझै करिब ७ महिना लाग्ने भएको छ ।

आयोजनाको सिभिल, हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फको काम सम्पन्न हुन बाँकी रहेकाले आगामी पुसदेखि मात्र विद्युत उत्पादन गर्ने नयाँ तालिका तोकिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पुष्प चित्रकारले बताए । उनका अनुसार मुख्य सुरुङको काम सम्पन्न भइसकेको छैन ।

यो आयोजना निर्माण पूरा भइसकेपछि विद्युत प्राधिकरणको १३२ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन अहिले निर्माणाधीन छ ।

आयोजना सम्पन्न गर्न २ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यो आयोजना यसअघि नै सम्पन्न भइसक्नु भए पनि कोरोना (कोभिड–१९) महामारी, बर्खाको बाढी पहिरोका कारण संरचनामा पुगेको क्षति, भौगोलिक विकटतालगायत कारण निर्माण प्रभावित हुँदै आएको छ । विद्युत उत्पादनको पहिलो तालिका प्रभावित भई निर्माण अवधि लम्बिँदा आयोजनाको लागत पनि बढ्ने देखिन्छ ।

एउटै समूहले कालंगाबेसिनमा माथिल्लो सानीगाडसहित ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड र १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजना छुट्टाछुट्टै कम्पनीमार्फत निर्माण गरिरहेको छ । कालंगागाड र माथिल्लो कालंगागाड आयोजनाको संरचनामा पनि पानी भरेर परीक्षण गरिएको छ ।

कालंगागाड निर्माण तथा आन्तरिक परीक्षण पूरा भई विद्युत उत्पादनको चरणमा पुगिसकेको छ । तर, विद्युतगृहदेखि प्रधिकरणको बलाँच सबस्टेसनसम्मको ४० किलोमिटर लामो १३२ केभी प्रसारण लाइन पूरा भइनसकेकाले यो आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन नसकेको छैन ।

प्रसारण लाइनको टावर ठड्याउने काम सकिएको छ । अब तार तान्न बाँकी छ । तार तान्ने काम सम्पन्न गरेर प्रसारण लाइनको परीक्षण गरेपछि २ आयोजनाको विद्युत तत्कालै प्रसारण प्रणालीमा जोडिने चित्रकारले जानकारी दिए ।

माथिल्लो कालंगागाडको बाँध क्षेत्रका संरचनाको परीक्षण पनि भइसकेको छ । यो आयोजनामा सुरुङको बाँकी काम सम्पन्न गरेपछि पानी भरेर परीक्षण गर्ने तयारी भइरहेको छ । यो आयोजना आगामी असारभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

३ वटै आयोजनामा सिभिल तथा हाइड्रोमेकानिकलतर्फको काम नेपालकै सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालिले गरिरेको छ । यो कम्पनीले ५७ मेगावाटको नुप्चे लिखु जलविद्युत आयोजनाको सिभिलतर्फको काम पनि अहिले गरिरहेको छ ।


Read Previous

३० वर्ष पुराना जीर्ण अवस्थाका १४ विद्युतीय पोल नारायणी पुलबाट हटाइयो

Read Next

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाऊ’

Leave a Reply

Your email address will not be published.