काठमाडौ । सरकारले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयकाे सचिवमा शुशीलचन्द्र तिवारीलाई नियुक्त गरेकाे छ । मंगलबार बसेकाे मन्त्री परिषद बैठकले तिवारीलालाई मन्त्रालयकाे सचिवकाे जिम्मेवारी ताेकेकाे हाे ।
देवेन्द्र कार्की गत जेठ ४ गते सेवाबाट अनिवार्य अवकास भएपछि उक्त पद रिक्त थियाे । मन्त्रालयकाे सचिवकाे जिम्मेवारी पाएका तिवारी राष्ट्रिय सर्तकर्ता केन्द्रका सचिव थिए ।
उनकाे सरुवा गरी ऊर्जा मन्त्रालयकाे जिम्मेवारी दिइएकाे हाे । लामो समयसम्म सिञ्चाई मन्त्रालयमा काम गरेका तिवारी एक बर्ष अघि सचिवमा बढुवा भएका हुन् ।
Tags: #सचिव