Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

औद्योगिक पूर्वाधारमा निजी क्षेत्रको संलग्नता बढाइने


काठमाडौ । सरकारले औद्योगिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको संलग्नता बढाउने नीति घोषणा गरेको छ । मंगलबार राष्ट्रपति विद्या भण्डारीद्धारा प्रस्तुत आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । नीति तथा कार्यक्रममा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आथिृक क्षेत्र तथा अनतरदेशीय आर्थिक क्षेत्रसम्म विद्युत, सडक र पानीजस्ता आधारभूत सुविधा सरकारले उपलब्ध गराई औद्योगिक क्षेत्रभित्रका पूर्वाधार निर्माण, सञ्चालन र व्यवस्थापन निजी क्षेत्रबाट गराउने नीति लिने उल्लेख छ ।

सरकारले स्वीकृत गरेको मापदण्ड अनुरुप पहु्ँच मार्ग र विद्युत प्रसारण लाइन सम्बन्धित उद्योगीले निर्माण गरेमा शोधभर्ना दिने व्यवस्थालाई सहज गराउने तथा भैरहवा विशेष आर्थिक क्षेत्रलाई विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा उत्पादनमूलक उद्योगको उत्पादन घटाई निर्यात प्रवर्द्धन गरिने तथा यस्ता उद्योगलाई औसत बाह्य ऊर्जा व्यापार दरभन्दा बढी नहुने गरी विद्युत महशुलमा सहुलियत उपलब्ध गराइने पनि उल्लेख छ ।

नीति तथा कार्यक्रममा सफा प्रविधिमार्फत औद्योगिकीकरण गरी आन्तरिक उत्पादन र उत्पादकत्व वृद्धिका विशेष कार्यक्रम कार्यान्वयन गर्दै जाने नीति लिइने उल्लेख गर्दै ऊर्जा दक्षता र नवीकरण ऊर्जाको उपयोगद्धारा हरित अर्थतन्त्रको विकास गर्ने गरी औद्योगिक प्रवर्द्धन गरिने उल्लेख छ ।


Read Previous

दुई बर्ष भित्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

Read Next

आगामी आबमा ८ सय किलोमिटर नयाँ सडक र ३ सय पुल निर्माण गरिने

Leave a Reply

Your email address will not be published.