Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

हरित हाइड्रोजन उत्पादनमा सहकार्य गर्न विद्युत प्राधिकरण र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूटबीच समझदारी


काठमाडौं । नेपाल विद्युत प्राधिकरण र संसारभर हरित हाइड्रोजन लगायतका क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्यूटका महानिर्देशक फ्रयाङ्क रिज्स्बरम्यानले समझदारीपत्रमा हस्ताक्षर गरे ।

दुई संस्थाले हरित ऊर्जामार्फत हाइड्रोजन, एमोनियाको उत्पादन र युरिया मल उत्पादनका लागि मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्नेछन् । नेपालको जलविद्युत आयोजनाबाट उत्पादित हरित ऊर्जाको प्रयोग गरी हाइड्रोजन, एमोनिया उत्पादन गर्ने र मल कारखाना स्थापनाका लागि एउटा नमुना परियोजनाको डिजाइन, विकासका लागि सम्भाव्यता अध्ययन गरिने छ ।

हस्ताक्षर कार्यक्रममा ऊर्जा मन्त्री भुसालले नेपालका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत देशभित्रै खपतका लागि हाइड्रोजनको उत्पादन नयाँ क्षेत्र र प्रविधि हुने बताइन् । ‘देशभित्र खपत गरी बाँकी रहेको अतिरिक्त ऊर्जा खपतका लागि यो महत्वपूर्ण परियोजना बन्न सक्छ’, उनले भनिन, ‘यस्तो महत्वपूर्ण परियोजना अगाडि बढाउन सकिएमा देशभित्रको जलविद्युतबाट उत्पादित हरित ऊर्जा खपतका लागि महत्वपूर्ण योगदान पुग्ने छ, यसले ऊर्जा खपतको नयाँ ढोका खोल्ने छ ।’ मन्त्री भुसालले दुई संस्थाबीच भएको समझदारीमा उल्लेखित व्यवस्थाहरु इमान्दारीपूर्वक कार्यान्वयन गरी सफलताको चरणमा पुर्याउन आग्रह गरिन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत खपतका लागि हाइड्रोजन, एमोनिया उत्पादन र त्यसैमार्फत मल कारखाना स्थापना राम्रो विकल्प र क्षेत्र भएको बताए ।


Read Previous

‘कर्पोरेट ट्याक्स’ २५ प्रतिशत कायम गर्न अर्थ मन्त्रालयलाई सुझाव

Read Next

राष्ट्रिय गौरव, रुपान्तरणकारी र ठूला आयोजना मात्र संघले निर्माण गर्ने

Leave a Reply

Your email address will not be published.