Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

राष्ट्रिय गौरव, रुपान्तरणकारी र ठूला आयोजना मात्र संघले निर्माण गर्ने


काठमाडौं ।  राष्ट्रिय गौरव, रुपान्तरणकारी, रणनीतिक र ठूला आयोजना मात्र संघीय सरकारमार्फत कार्यान्वयन गरिने भएको छ ।  त्यस बाहेक अन्य आयोजना स्थानीय तहमार्फत गरिने मंगलबार संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्ता आयोजनाको लागि प्रदेश र स्थानीय तहमा नै वित्तीय हस्तान्तरण गरिनेछ । प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरिरहेकी छन् ।

स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसँग जोडेर समृद्ध अर्थतन्त्र निर्माण गरिनेछ । प्रणालीगत सुधार गरिने, विप्रेषणलाई औपचारिक प्रणालीबाट भित्राउन प्रोत्साहन गरिनेछ । सार्वजनिक खरिद कानूनलाई सुधार गरिने उल्लेख गरिन् ।

पूर्व तयारी नभएका र आयोजना बैंकमा प्रविष्ट नभएका आयोजनालाई बजेट विनियोजन नगरिने सरकारको नीति छ । वैदेशिक सहायतालाई रुपान्तरणकारी आयोजनामा लगानी गरिने र विगतमा संचालन भएका तर अहिले बन्द रहेका उद्योगलाई पुन संचालनमा ल्याइने भएको छ ।

नौमुरे, राप्ती, कपिलवस्तु डाइभर्सनको निर्माण सिघ्र थालिने भएको छ । त्यस्तै, सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण थालिने भएको छ ।


Read Previous

हरित हाइड्रोजन उत्पादनमा सहकार्य गर्न विद्युत प्राधिकरण र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूटबीच समझदारी

Read Next

काबेली-३ आयोजनामा लगानी जुट्यो, एनएमबी र सेन्चुरी बैंकले ऋण दिने

Leave a Reply

Your email address will not be published.