Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

डेढ हप्ताभित्रै दुई पटक इन्धनको मुल्य वृद्धि, ग्याँस प्रति सिलिण्डर १८००


काठमाडौ /स्थानीय चुनाव सकिएको डेढ हप्ताभित्रै नेपाल आयल निगमले दुई पटक इन्धनको मुल्य वृद्धि गरेको छ ।
३० बैशाखमा भएको स्थानीय चुनावको लगत्तै ३१ बैशाखमा इन्धनको मुल्य वृद्धि गरेको निगमले आइतबार फेरि इन्धनको मुल्य वृद्धि गरेको हो । आयल निगमका अनुसार, आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपीयाँ बृद्धि गरिएको छ । चुनाव लगत्तै पनि प्रति लिटर १० रुपीयाँ बढेको थियो । अब अब एक लिटर प्रेट्रोलको १८० रुपीयाँ पर्नेछ । । मटिट्तेल र डिजेलको १६३ रुपीयाँ पुगेको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेर एक सिलिण्डर ग्याँसको १८०० रुपैयाँ पुगेको छ । यसैगरी हवाई इन्धन (अन्तरिकतर्फ) को मूल्य पनि रुपीयाँ बढेर प्रतिलिटर १६६ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
आयल निगमले अझै प्रेट्रोलमा १४ रुपैयाँ र डिजेलमा २७ रुपीयाँ घाटा रहेको जनाएको छ तर मटिट्तेलमा भने प्रति लिटर २३ रुपैयाँ फाइदा छ । निगमले ग्याँसमा समेत अझै ८७९ रुपैयाँ घाटा रहेको जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ । निगमका अनुसार, पछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिवेलमा ३ अर्ब ४० करोढ र एलपी ग्यासमा ३ अर्ब घाटा हुने देखिएको निगमको दाबी छ ।


Read Previous

विद्यमान विश्वव्यापी खाद्य र इन्धन संकटको प्रभाव तथा समाधानको उपाय

Read Next

आगामी आवको बजेटमा पूर्वाधारका नयाँभन्दा पुरानै बहुवर्षिय आयोजना प्रथामिकतामा

Leave a Reply

Your email address will not be published.