Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

एमसीसीले सडक बोर्ड नेपाललाई ९ करोड दिने


काठमाडौं । एमसिए (मिलेनियम च्यालेञ्ज एकाउण्ट) नेपाल र सडक बोर्ड नेपालबीच सोमबार ‘आयोजना सहायता सम्झौता’ भएको छ । दुई निकायबीच एमसीसी अनुदानअन्तर्गत उपलब्ध गराइने प्राविधिक सहायता सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पत्रमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट तथा सडक बोर्ड नेपालका कार्यकारी निर्देशक प्रेमप्रकाश खत्रीले हस्ताक्षर गरे । यस सम्झौताअनुसार सडक बोर्ड नेपाललाई सडक मर्मत योजना तर्जुमा, मूल्यांकन र नियमित एवं आवधिक मर्मत क्षमता सदृढीकरण, गुणस्तर अनुगमन, तथ्यांक संकलन, सडक सुरक्षाको म्यानुअल तयारीका लागि प्राविधिक सहायता उपलब्ध गराइनेछ ।

यस कामको लागि सडक बोर्ड नेपाललाई ९ करोड रुपैयाँ उपलब्ध गराउने एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले जानकारी दिए ।


Read Previous

जलाशययुक्त आयोजनामा लगानी गर्न ऊर्जा मन्त्रीको बेलायतसँग आग्रह

Read Next

कर्णाली प्रदेशमा पूर्ण विद्युतीकरण गर्न २ वर्ष लाग्ने, ३३ गाउँपालिका विद्युत पहुँच बाहिर

Leave a Reply

Your email address will not be published.