Nepal Purbadhar

पूर्व अर्थमन्त्री डा. महतले नुवाकोटबाट गरे मतदान


नुवाकोट । पूर्व अर्थ मन्त्री एवम् नेपाली कांग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा. प्रकाश शरण महतले मतदान गरेका छन् ।
उनले नुवाकोट पञ्चकन्या–२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर
मतदान गरेका हुन् । मतदानपछि उनले भनेका छन्- “आज आफ्नो अमूल्य मताधिकार प्रयोग गरेँ।


मतदान केवल अधिकार मात्र होइन, यो हाम्रो लोकतन्त्रप्रतिको कर्तव्य पनि हो। सचेत नागरिकका रूपमा सबैले मतदान गरेर आफ्नो आवाज व्यक्त गरौँ।”


Read Previous

दोलखाका कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान

Read Next

कर्मचारीहरूले पाएनन् मतदान गर्न, सहजीकरण भइरहेको आयोगको भनाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar