
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालनको लागि एक भन्दा बढी संगठित संस्थालाई अनुमति दिन हुन्छ वा हुदैन भन्ने विषयमा गरिइको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।
बोर्डको सञ्चालक समितिको निर्णयले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको संयोजकत्वमा उक्त प्रतिवेदन तयार भएको थियों ।
उक्त अध्ययन प्रतिवेदनमा निजी लगानीको नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन सुझाव दिएको छ । साथै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुर्नसंरचना गर्न सिफारिस गरेको छ ।
प्रतिवेदनमा स्टक नयाँ एक्सचेन्जको प्रवेश गराउँदा आवश्यक मापदण्डहरू पुरा गरेको हुनुपर्ने गरी शर्तहरू तोक्न भनिएको छ ।
पूरा प्रतिवेदन हेर्नुस्
K4UNfkH9nqexQKynxYBfPUDq3LXZM1ofiH8jTF3a-1