Nepal Purbadhar

महानगर प्रहरी बलको अमर्यादित व्यवहारप्रति तत्कालै कारबाही, छानबिन हुने


काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलले मंगलबार अमर्यादित तथा गैह्रव्यवसायिक ढंगले कार्य सम्पादन गरेको घटनाप्रति गम्भीर हुँदै  सम्बन्धित प्रहरीलाई सरुवा गरेको छ ।

मंगलबार बिहान ८:०० बजे काठमाडौं महानगरपालिका वडा-४, वालुवाटार क्षेत्रमा उत्तर क्षेत्र शाखा अन्तर्गत महानगर प्रहरी बलको टोलीले सम्पादन गर्दै आएको कार्यप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना देखिएको थियो । उक्त कार्यप्रति सार्वजनिक असन्तोष बढेसँगै, काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले घटनाको छानबिन गर्दै ती प्रहरीलाई तत्काल  जिम्मेवारीमुक्त गरेको हो ।

साथै, महानगर प्रहरी ऐन, २०८० अनुसार आवश्यक अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाउन ती प्रहरीलाई महानगर प्रहरी बलको कार्यालयमा तानिएको महानगरले जनाएको छ । एक जना साइकलमा कवाडी संकलन गर्ने व्यक्तिको महानगर प्रहरीले साइकल खोसेको भिडियो भाइरल बनेको हो ।

काठमाडौं महानगरपालिकाले नागरिकहरूप्रति जिम्मेवार, मर्यादित र पेशागत व्यवहार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै, यस्ता घटनाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारेको छ ।


Read Previous

मुग्लिङ पोखरा सडक खण्ड अन्तर्गत पश्चिम खण्डमा सडक विस्तारको काम धमाधम

Read Next

दुई धारमा छुट्टिए अटो व्यवसायी, असन्तुष्टहरुले खोले नाइमा