Nepal Purbadhar

बर्खाकाे बाढीले ४१ पुल बाढीमा बगे,१० करोड बढीको क्षति   


काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छने १० करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि मंगलबार बिहानसम्म बाढीपहिरा परेर ९० जनाघाइते र ५ जना वेपत्ता भएका छन् ।

बाढीपहिराका कारण ३ सय ८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, ५ सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति ५ हजार ४१ प्रहरी परिचालन गरिएको छ।

बाढीपहिरोले १ विद्यालय र २ सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण देशभर १ हजार २८ घटना भएका र त्यसबाट १० करोड १८ लाख ८५ हजार ६ सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।


Read Previous

बंगलादेशले ४० मेगावाटकाे पिपिए गर्न प्राधिकरणलाई बाेलायाे,प्रतियुनिट ६.४० डलर दर निर्धारण

Read Next

जलस्रोत विधेयक २०८१, दफावार छलफलका लागि समितिमा