Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा   

तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार   


काठमाडौं । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा साझेदारी’ को नीतिअनुसार ठूलो लगानीका मुख्य परियोजना अगाडि बढाउने सोच राखेको छ । त्यसका लागि ठूला परियोजना निर्माणमा स्वदेशी लगानी पर्याप्त नहुने भन्दै नेपालले विदेशी लगानीकर्तालाई ‘लगानी साझेदार’ बन्न बढी जोड गरिरहेको देखिन्छ ।

लगानी बोर्डका अनुसार सम्मेलनको पहिलो दिन दुई हजार एक सय ६३ जनामध्ये छ सय ८० जना विदेशी प्रतिनिधि सहभागी भएका छन् । त्यसमा पनि छिमेकी मुलुक भारतबाट एक सय ८६ र चीनबाट दुई सय ४० जनाको सहभागिता रहेको थियो । ६० देशका प्रतिनिधि एकैथलोमा जम्मा भएको अवसरको सदुपयोग गर्दै नेपालले उनीहरूलाई ठूला परियोजनामा लगानी साझेदारीका लागि आग्रह गरिरहेको छ । उनीहरूलाई आश्वस्त पार्न नेपालमा लगानीमैत्री वातावरण रहेको सकारात्मक सन्देश प्रवाहका लागि पनि नेपालले भरमग्दूर प्रयास गरिरहेको छ ।

लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले सम्मेलनले नेपालमा लगानीको राम्रो वातावरण बनेको सन्देश प्रवाह गरेको दावी गरे ।  “हिजो साँझ प्रधानमन्त्रीसँग विदेशी लगानीकर्ताले भेटवार्तामा पनि विदेशी लगानीकर्ताहरू उत्साहित हुनुका साथै नेपालमा लगानी गर्न इच्छुक देखिनुभएको बुझ्न सकिन्थ्यो त्यसका साथै नेपालमा लगानीको सम्भावना रहेको र यहाँ लगानी गरेर नाफा पनि कमाउन सकिन्छ भन्ने उहाँहरूको बुझाइ पाए”, उपाध्यायले भने ।

पूर्वअर्थ सचिवसमेत रहेका  अर्थविद् रामेश्वर खनाल नेपालले अध्यादेश ल्याएर कानुनी सुधारमा देखाएको तत्परताले विदेशी लगानीकर्तालाई स्वदेशमा लगानीका लागि सहजीकरण गर्न सरकार सम्पूर्णरूपमा तयार छ भन्ने सन्देश प्रवाह भएको बताए ।  यसकार्यले विदेशी लागनीकर्तालाई लगानकिा लागि आकर्षित गर्ने उनकाे भनाइ छ ।

“पहिचान भएका मुख्य नीतिगत सुधार गरिसक्यौँ । अरु थप सुधार पनि गर्दै जानेछौँ भन्ने नेपालको सन्देश छ । नेपाल खुला र उदार अर्थतन्त्रमा विश्वास गर्छ भन्ने सन्देश प्रधानमन्त्रीले पनि दिनुभएको छ,” खनालले भने, “नेपाल सरकारले विदेशी लगानीकर्तालाई लगानीमैत्री वातावरणको सकारात्मक सन्देश दिएर विदेशी लगानी आकर्षित गर्न गरेको प्रयास प्रशंशनीय छ ।”

साेमबार साँझ सकिने सम्मेलनले विगतमा भएका कमजोरी सच्चाएर लगानीमैत्री वातावरण तय गर्ने विश्वास दिलाउन सकेमा स्वदेशी तथा विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित बनाउने पनि खनालको बुझाइ छ ।

“सम्मेलनको पहिलो दिनमा नै थप लगानीमैत्री वातावरण तय गर्न सरकारले देखाएको तत्परताले निकै राम्रो सन्देश प्रवाह भएको छ । अब बढिभन्दा बढी विदेशी लगानी, सीप र प्रविधि भित्र्याउन र आवश्यकताको आधारमा परियोजनाको प्राथमिकरण गर्दै अगाडि बढ्नुपर्छ”, खनालले भने ।

सम्मेलनको उद्घाटन सत्रकै क्रममा पहिलो दिनमै भएका मुख्य दुई वटा सम्झौताले सुरुआतमा नै सम्मेलन फलदायी रहने सन्देश प्रवाह भइसकेको धेरैको बुझाइ छ । पहिलो दिन डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टाका डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको थियो । सो सम्झौतामा बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरेका थिए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घ र नेशनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका लागि सहकार्य गर्नेसम्बन्धी अर्को सम्झौता भएको थियो । यो सम्झौतामा भने महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष तान श्री दातो थायन लाइले हस्ताक्षर गरे ।

गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) का अभियन्ता कूल आचार्यले सम्मेलनले नेपालमा लगानीको वातावरण राम्रो बन्दैगएको र लगानीको प्रचुरसम्भावना रहेको सन्देश दिएकाले स्वदेशी तथा विदेशी लगानीकर्तामा उत्साह बढाएको बताए । “नेपाल लगानीका लागि प्रचुरसम्भावना भएको क्षेत्र हो । जलविद्युत्, पर्यटन, कृषि लगायतका क्षेत्र लगानीका प्रमुख क्षेत्र हुन्,” उनले भने, “लगानीका लागि थप उपयुक्त वातावरण बनाउनसकेमा गैरआवसीय नेपाली पनि सच्चा विकासको साझेदारी बन्न सक्छन् ।”

यसैगरी, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले पनि लगानी सम्मेलनकै पूर्वसन्धामा सरकारले ल्याएको अध्यादेशले लगानीमैत्री वातावरण बन्न सघाउ गुग्ने विश्वास व्यक्त गरे । “सरकारले लगानीमैत्री वातावरण बनाउन रहेक पक्षमा सहजीकरण गर्न तयार छ भन्ने सन्देश प्रवाह भएको छ । यसले हामी स्वदेशी उद्यमीदेखि विदेशी लगानीकर्तालाई समेत उत्साहित बनाएको छ”, राणाले भने ।

जलविद्युत् उद्यमी तथा इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले  लगानी सम्मेलनले नेपालमा लगानी गर्नका लागि विदेशी लगानीकर्तालाई मात्र नभई स्वदेशी व्यावसायीलाई समेत उत्साहीत बनाएको धारणा राखे । सम्मेलनमार्फत विदेशी व्यवसायीले नेपाली व्यावसायीसँग सहकार्यको ढोका खोल्नेमा आफूहरू थप आशावादी बनेको उनकाे भनाइ छ ।

सम्मेलनमा आशयपत्र आह्वान गरिएका १९ वटा परियोजनासहित कूल एक सय ५४ परियोजना प्रस्तुत गरिएका छन् । सम्मेलनको पूर्वसन्ध्यामा एक सय ५१ परियोजना प्रस्तुत गर्ने तयारी गरिएकोमा सम्मेलनसम्म आइपुग्दा थप तीन परियोजनाले समेत स्थान पाएका लगानी बोर्डले जनाएको छ ।

बोर्डका अनुसार सम्मेलनमा १ हजार ४ सय भन्दा बढी व्यक्ति सहभागी छन् । सम्मेलनस्थलमा २३ वटा स्टल (प्रदर्शनी कक्ष) राखिएका छन् भने सहभागी एवम् लगानीकर्ताले ती प्रदर्शनीकक्षमार्फत् विभिन्न परियोजनाका बारेमा विस्तृत जानकारी लिनसक्ने व्यवस्था मिलाइएको छ ।


Read Previous

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी   

Read Next

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

Leave a Reply

Your email address will not be published.