Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन

चितवनलाई तनहुँसँग जोड्ने ठिमुरा पुलकाे शनिबार औपचारिक उद्घाटन


दमौली । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा निर्माण भएकाे ठिमुरा पक्की पुलकाे औपचारिक उद्घाटन शनिबार (चैत १७ गते) हुने भएकाे छ । निर्माण सम्पन्न भइ सञ्चालनमा आएकाे याे पुलकाे औपचारिक उद्घाटन हुन लागेकाे हाे ।

राष्ट्रपति रामचन्द्र पाैडेलबाट पुलकाे औपचारिक उद्घाटन गराउने याेजना बनेकाे भएकाे देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने याे पुल निर्माण पूरा भई सञ्चालन भइसकेको छ ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले राष्ट्रपति पौडेलसमक्ष याे पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको बताए । पुल उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा बुधबार तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक बस्न लागेकाे पनि उनले बताए ।

२०७१ कात्तिक २० गते निर्माण थालिएको पुल १० वर्षमा सम्पन्न भइ हालै सञ्चालनमा आएकाे हाे ।  ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्ने गरी एलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले ठेक्का पाएकाे थियाे । तर, निर्माणका क्रममा २०७७ साल चैत २४ गते पहिलोपटक र दोस्रो पटक २०७९ बैशाखमा पुल भत्किएपछि निर्माण अवधि र समय दुवै बढेकाे थियो ।

पुल निर्माणका लागि सुरुमा १९ करोड १० लाख ६६ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत २१ करोड ६८ लाख ४८ हजार रुपैयाँ पुगेकाे छ । यो पुल सञ्चालनमा आएसँगै देवघाट आवतजावत गर्ने भक्तजन र सर्वसाधारण लाभान्वित भएका छन् ।


Read Previous

महासंघ अध्यक्ष ढकालद्वारा एसियाली पूर्वाधार लगानी बैंकलाई नेपालमा लगानी गर्न आग्रह

Read Next

१६ वर्षदेखि स्तरोन्नतिको पर्खाइमा बरेङ-शान्तिपुर सडक   

Leave a Reply

Your email address will not be published.