Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

स्थानीय युवाकाे चन्दा र श्रमदानबाट रघुगंगा पदमार्ग निर्माण   


म्याग्दी । जिल्लाका स्थानीय युवाकाे १५ लाख रुपैयाँ  चन्दा  र ३ महिनाकाे श्रमदानबाट म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा पक्की पदमार्ग निर्माण गरिएकाे छ ।
बेनी–जोमसोम सडकअन्तर्गत सिरुबारी आर्यघाटबाट रिसिन चौतारीसम्म २ किलोमिटर पदमार्ग निर्माण गरिएकाे हाे ।

पैदलमार्गलाई विस्तार गरेर चौर–भिरपाटा हुँदै सिरसिरे डाडाँमा रहेको वडा कार्यालयसम्म पुर्याउने लक्ष्य रहेकाे अभियानका संयोजक सागर केसीले बताए । उनका अनुसार पदमार्ग निर्माणका लागि १५ लाख २७ हजार रुपैयाँ  सहयोग रकम जुटेको थियाे । जसमध्ये १४ लाख ७७ हजार ३ सय ३३ रुपैयाँ खर्च भएको  उनले बताए ।

“स्वदेशमा हुनेले श्रमदान गर्नुभएको छ भने विदेशमा हुने गाउँलेले नगद सहयोग गर्नुभयो”, उनले भने, “सहयोग रकमबाट निर्माण सामग्री खरिद गरेर स्थानीयवासीको श्रमदान जुटाएर दुई किलोमिटर पक्की सिढीसहितको पदमार्ग निर्माण गरेका छौँ ।”

दाहसंस्कारका निम्ति शव घाटमा लैजाने पदमार्ग जीर्ण र जोखिमयुक्त भएकाले वडा कार्यालयसँग समन्वय गरेर गत पुसदेखि पदमार्ग निर्माण अभियान सञ्चालन भएको थियो । पदमार्ग निर्माणका लागि एक घरबाट पाँच दिनसम्म श्रमदान गरिएको निर्माण समितिका सचिव रवीन्द्र शर्माले बताए । “पदमार्ग निर्माणमा दैनिक १५ देखि ३० जनाको टोलीले निरन्तर श्रमदान गरेको थियो भने गाउँका आमा समूहहरूले दैनिकरूपमा निःशुल्क खाजाको व्यवस्था गरेको थिए ,”उनले भने ।

गाउँको विकासमा सरकारी बजेट मात्र ताकेर बस्नेहरूका लागि पदमार्ग निर्माण खटिएका युवाहरू उदाहरण बनेको रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारीले बताए । पदमार्ग विस्तार गरेर वडा कार्यालय पुर्याउन चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिए ।


Read Previous

तादी घ्यांगफेदी आयोजनाकाे आइइई प्रतिवेदनमा स्थानीयसँग सुझाव माग

Read Next

भावी पुस्ताका लागि पनि जमिनमुनिको पानीकाे स्राेत जोगाउन विज्ञहरूको सुझाव   

Leave a Reply

Your email address will not be published.