Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

ऊर्जा किफायती घर तथा भवन निर्माण गर्दा ‘डिजाइन’ महत्त्वपूर्ण


काठमाडौं । ऊर्जाको दक्षतापूर्ण प्रयोग वृद्धि गर्न देशभर निर्माण हुने घर तथा भवनहरुको डिजाइनमा विशेष ध्यान पुर्याउनुपर्ने एक अध्ययनले देखाएको छ ।

युरोपेली युनियनको सहयोगमा ‘बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल’ (बीन) कार्यक्रमले गरेको अध्ययन अनुसार पछिल्लो समय घर/भवन निर्माण गर्दा परम्परागत भन्दा पनि पश्चिमी डिजाइनका घर निर्माणको क्रम बढिरहेको छ । यसले न्यून तापक्रम हुने उच्च हिमाली वा पहाडी क्षेत्रमा निर्माण भएका भवनलाई तताउन र तराइ क्षेत्रमा निर्माण भएका भवनलाई चिसो बनाउनको लागि अधिक ऊर्जा खपत हुने गरेको बीन कार्यक्रमका टिम लिडर सुयेश प्रजापतिले बताए । ‘यसको लागि घर तथा भवन निर्माण गर्दा भौगोलिक अवस्थिति, हावापानी, उचाइ र तापक्रमअनुसार डिजाइन गरिनु आवश्यक छ’ उनले भने ।

भौगोलिक उचाइ र तापक्रम अनुसार विभिन्न स्थानका १ हजार ४६१ घर तथा भवनमा गरिएको अध्ययनले घर तथा भवनको आकार प्रकार, बत्ती बाल्न, घर तताउन र चिसो बनाउने ऊर्जाको खपतको अवस्था, नविकरणीय ऊर्जाको प्रयोग, स्थानीयमा ऊर्जा दक्षताबारे जानकारी र धारणालगायतका विषयमा विस्तृतमा जानकारी दिनेछ । अध्ययनले ऊर्जा दक्षता मापदण्डअनुसार घर तथा भवन निर्माण गर्ने हो भने ऊर्जा खपत २० देखि २५ प्रतिशतसम्म घटाउन सकिने देखाएको छ । विस्तृत प्रतिवेदन भने चाडै डिजिटल भर्सनमा सार्वजनिक गरिने प्रजापतिले जानकारी दिए ।

यसै सन्दर्भमा काठमाडौंमा आयोजित घर तथा भवन निर्माणमा हुने ऊर्जा खपतबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले यस कार्यक्रममार्फत सबै स्थानीय तहमा जनचेतना जगाउन र कानूनी अवधारणा कार्यान्वयनमा ल्याउन सहयोग पुग्ने बताए ।

त्यस्तै, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले ऊर्जा दक्षताबारे महत्वपूणर् ‘डकुमेण्ट’ तयार भएको र यसलाई सबै नगरपालिकामा नमूनाको रुपमा सिकाउन सकिने उल्लेख गरे । बीन कार्यक्रमका प्रमुख ड्यानियल नियरले भवन निर्माण गर्दा विद्युत्को प्रभावकारी प्रयोग गर्नेबारे चेतना अभिवृद्धि र नीतिगत सुधारमा कार्यक्रमले काम गर्ने जानकारी दिए । त्यस्तै, उनले ३० हजार घरमा ऊर्जा दक्षतासम्बन्धी जानकारी दिने तथा महत्व बुझाउने बताए ।

ऊर्जा दक्ष भवन डिजाइनको निर्देशक स्रोत पुस्तिका तयार

यस कार्यक्रमले ऊर्जा दक्ष भवन डिजाइन कसरी गर्ने भनेर सिकाउने स्रोत पुस्तिका (म्यानुअल) तयार गरेको छ । बढ्दो शहरीकरण र बजार माग अनुसार भवनको डिजाइन गर्ने गरिएको तर स्थानीय जलवायु, बढ्दो ऊर्जा खपतलगायतलाई वेवास्ता गर्ने गरिएको छ । तयार भएको स्रोत पुस्तिकाले इञ्जिनियरलगायतलाई ऊर्जा दक्ष बन्ने गरी भवन डिजाइन गर्न सहयोग पुग्नेछ । यसमा ऊर्जा खपत, नयाँ प्रविधिको प्रयोगले हुने फाइदा, छानो तथा पर्खाल र प्राकृतिक भेण्टिलेसन, झ्यालको अवस्थितिलगायतका विषयमा उल्लेख गरिएको छ ।

धुलिखेल नगरपालिकाले कार्यान्वयनमा ल्यायो ऊर्जा दक्ष भवन मापदण्ड

धुलिखेल नगरपालिकाले ऊर्जा दक्ष भवन मापदण्ड २०८० कार्यान्वयनमा ल्याएको छ । मेयर अशोक कुमार ब्याञ्जुले मापदण्डलाई अब क्रमश कार्यान्वयन गर्दै लगिने र दीगो सहरी विकासको अभ्यास थालिने बताए । यसलाई देशभर लैजानुपर्ने आवश्यकतामा उनले जोड दिए ।


Read Previous

दोभान-सान्थाक्रा सडक कालोपत्र हुने   

Read Next

कर्णाली प्रदेशकाे डिजिटल मार्गचित्र तयार गर्न शुक्रबारदेखि प्रविधि सम्मेलन हुँदै

Leave a Reply

Your email address will not be published.