Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

दोभान-सान्थाक्रा सडक कालोपत्र हुने   


फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको दोभानदेखि सान्थाक्रासम्मकाे सडक कालोपत्र हुने भएको छ । दोभानदेखि मेरिङ्देन गाउँपालिकाको केन्द्र रहेको सान्थाक्रा जोड्ने सडक कालोपत्र हुने भएको हो ।

मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा ९ किलोमिटिर सडक कालोपत्र गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सडक कालोपत्र योजनाका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका अध्यक्ष युकहाङवीर हाङगाम (डम्बर) ले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षभित्रै बजेट कार्यान्वयन गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबीच ३ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

चालू आवको बजेटले सडकमा नाली र ग्राभेल लगायतको काम गरिने अध्यक्ष हाङगामले बताए । आगामी आवभित्र सडक कालोपत्र गरिसक्ने गाउँपालिकाको योजना रहेको उनकाे भनाइ छ ।

दोभान–सान्थाक्रा सडक गाउँपालिकाको गौरवको योजना भएकाले सोहीअनुसार पालिकाले बजेट विनियोजन गरेको पालिकाले जनाएको छ । पालिकासँग बजेट पर्याप्त नभएकाले प्रदेश तथा सङ्घीय सरकारसँग पनि आवश्यक बजेटका लागि पहल गरिरहेको उनले बताए ।

स्थानीय तहको समपूरक बजेटसँग साझेदारी गरेर योजना कार्यान्वयन गर्न मिल्ने व्यवस्था भएअनुसार प्रदेश तथा सङ्घीय सरकारसँग बजेटका लागि समन्वय भइरहेको अध्यक्ष हाङगामको भनाइ छ ।

मेरिङ्देन, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थलका रूपमा यस ठाउँलाई लिइन्छ । यो सडक स्तरोन्नति भएसँगै यहाँका बासिन्दालाई यातायातको सहजता हुनेछ ।


Read Previous

निर्माण थालेको १० वर्षपछि बल्ल सञ्चालनमा आयाे ठिमुरा-देवघाट पुल

Read Next

ऊर्जा किफायती घर तथा भवन निर्माण गर्दा ‘डिजाइन’ महत्त्वपूर्ण

Leave a Reply

Your email address will not be published.