Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने  


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका काठमाडाैं उपत्यकाका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा शुक्रबारसम्म अवरुद्ध हुने भएकाे छ । प्राधिकरणकाे कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रका फिडरकाे सेवा अवरुद्ध हुने भएकाे हाे ।

यी ३ वटै वितरण केन्द्रकाे विद्युत वितरण लाइन भूमिगत गर्न सुरु गरिएकाले आइतबारदेखि नै विद्युत वितरण प्रणाली बन्द गरिएकाे प्राधिकरणले जनाएकाे छ ।

आइतबार गोठाटार फिडर (जाेरपार्टी वितरण केन्द्र) अन्तरर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् आपूर्ति बन्द गरेर काम गरिएकाे छ । सोमबार कुलेश्वर वितरण केन्द्रअन्तर्गत सोल्टीमोडदेखि रविभवनसम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएकाे छ ।

यस्तै, मंगलबार गोठाटार फिडर (जेरपार्टी वितरण केन्द्र) अन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ । बुधबार ताहचाल र चौमती फिडर (कुलेश्वर वितरण केन्द्र) अन्तर्गत छाउनी अस्पताल क्षेत्र, बिहीबार गोठाटार फिडर (जेरपार्टी वितरण केन्द्र) अन्तर्गत तेजविनायक चोकदेखि मानटार चोकसम्मको क्षेत्रकाे विद्युत सेवा अवरुद्ध हुनेछ ।

शुक्रबार मच्छेगाउँ फिडर (कीर्तिपुर वितरण केन्द्र) अन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।


Read Previous

 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे

Read Next

मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ  

Leave a Reply

Your email address will not be published.