Nepal Purbadhar

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

पाँचथरको डेरी बजारमा ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु


काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाहरुको संख्या २७५ पुगेको छ ।

शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नं. १२ का अध्यक्ष कमल प्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्तरुपमा गरेका हुन् ।

शाखा रहित बैंकिङ्ग सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत विभिन्न बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी लगायतका सेवा लिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा कार्यालय, ३७८ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले ४६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।


Read Previous

नेपालबाट खरिद गर्ने विद्युतको दर निर्धारण गर्न बंगलादेश पावर बाेर्डले प्राधिकरणसँग छलफल गर्दै

Read Next

ट्र्याक खुलेको २९ वर्षपछि मानपुर-डेडगाउँ-बुलिङटार सडकमा कालाेपत्र