Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

नेपालबाट खरिद गर्ने विद्युतको दर निर्धारण गर्न बंगलादेश पावर बाेर्डले प्राधिकरणसँग छलफल गर्दै


काठमाडौं । बंगलादेशले नेपालबाट खरिद गर्ने ४० मेगावाट विद्युतको दर निर्धारण गर्न नेपाल विद्युत प्राधिकरणलाई बोलाएको छ । बंगलादेश पावर डेभलपमेन्ट बोर्डले भारतको मौजुदा प्रसारण लाइनबाट लैजाने विद्युतको खरिद–बिक्री दर निर्धारण गर्न प्राधिकरणलाई बोलाएको हो ।

नेपालबाट ४० मेगावाट विद्युत आगामी बर्खादेखि बंगलादेश निर्यात गर्नका लागि दर निर्धारण गर्न बोलाएकाले छलफलका लागि ढाका जान लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘बंगलादेशले अहिले भारतको प्रसारण लाइनमार्फत ४० मेगावाट विद्युत आगामी बर्खादेखि लैजाने निश्चित भइसकेको छ,’ उनले भने, ‘तर, प्रतियुनिट मूल्य कतिमा लैजाने भन्ने तय भइसकेको छैन । त्यसैबारेमा छलफल गर्न हामीलाई बोलाइएको छ ।’

उनले भारतमा अहिले निर्यात भइरहेको प्रतियुनिट औसत दर बराबरकै मूल्य बंगलादेशले पनि नेपालको विद्युतलाई दिने अनुमान रहेको बताए । बंगलादेशले भारतीय प्रसारण लाइनमार्फत विद्युत लैजान टेण्डर आह्वान गरिसकेको छ । बंगलादेशको टेण्डर आह्वानपश्चात नै प्राधिकरणले पनि प्रतियुनिट ८.९६ रुपैयाँदेखि ९.२८ रुपैयाँ दर प्रस्ताव गरेर ढाका पठाएको थियो । प्राधिकरणले प्रस्ताव गरेको दरमा छलफल गरी टुंगो लगाइने घिसिङले बताए ।

बंगलादेशमा नेपालको विद्युत निर्यात गर्ने सम्बन्धमा भारतसमेतको संलग्नतामा पटक–पटकको त्रिपक्षिय छलफलबाट सहमति बनेपछि विद्युतको खरिद–बिक्री दर निर्धारणको चरणमा पुगेको हो । घिसिङका अनुसार बंगलादेशले नेपालको विद्युत अमेरिकी डलरमा खरिद गर्नेछ ।

भारतीय प्रसारण प्रणालीमार्फत जाने नेपालको विद्युतको प्रसारण शुल्क (ह्विलिङ चार्ज) तथा प्राविधिक चुहावटबापतको शुल्क बंगलादेशले नै बेहोर्नेछ । नेपालले बंगलादेश पठाएको विद्युतको रेकर्ड ढल्केबर सबस्टेसनमा रहने घिसिङले जानकारी दिए ।

‘नेपालबाट ढल्केबर सबस्टेसनबाट भारतको प्रणालीमा ४० मेगावाट विद्युत जानेछ । त्यसपछि भारतले उसको प्रणालीबाट बंगलादेशलाई यो परिमाणको विद्युत दिनेछ । र, खरिद गरेको विद्युतको भुक्तानी बंगलादेशले नेपाललाई गर्नेछ’, घिसिङले भने ।

बंगलादेशलाई उसको प्रसारण प्रणालीमा नवीकरणीय ऊर्जाको हिस्सा बढाउनु पर्ने चुनौती रहेकाले बर्खामा नेपालको विद्युत खरिद गर्न गरेको प्रस्ताव कार्यान्वयन चरणमा पुग्न लागेको हो । भविश्यमा छुट्टै उच्च क्षमताको डेडिकेटेड प्रसारण लाइन बनाएर नेपालको विद्युत लैजाने योजना रहेकोमा अहिले भारतको संरचना प्रयोग गरी ४० मेगावाटसम्म लैजाने वातावरण बनेको हो ।


Read Previous

१६ महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अलपत्र   

Read Next

पाँचथरको डेरी बजारमा ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *