Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण   


म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले सेकुङताल संरक्षण गर्नुका साथै पूर्वाधार निर्माण भएको हो ।

गोलो आकारको सेकुङतालको वरपर ढुङ्गा बिछ्याएर १९१ मिटर पैदलमार्ग निर्माण भएको थासाङ गाउँपालिकाका इन्जिनियर विष्णु बाँस्तोलाले बताए । “तालमा बाहिरबाट बाढी पस्न नदिनका लागि एक सय २४ दशमव पाँच मिटर रिटेनिङ (पक्की) पर्खाल पनि बनाएका छौँ”, उनले भने, “ताल नजिकै दुईकोठे पक्की सार्वजनिक शौचालय निर्माण गरिएको छ ।”

इन्जिनियर बाँस्तोलाका अनुसार बेनी–जोमसोम सडकको ताङछराबाट सेकुङ हुदै भुतर्छोताल जोड्ने तीन किलोमिटर पाँच सय १० मिटर सडक पनि निर्माण भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको ७० प्रतिशत र थासाङ गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा पूर्वाधार निर्माण भएको हो ।

सेकुङका साथै भुतर्छो, टिटीताल र गुरुसाङवो गुफामा २ करोड ९९ लाख ९७ हजार एक सय २६ रुपैयाँ  लगानीमा पूर्वाधार निर्माण भएको इन्जिनियर बाँस्तोलाले बताए । खुला रहेकाले वरपरको पाखाबाट तालमा बाढी पस्ने समस्या थियो । ताल परिसरमा निर्माण भएको रिटेनिङ पर्खालले पाखोबाट आउने बाढी र पहिरो नियन्त्रणमा सघाउ पुगेको थासाङ गाउँपालिका–२ कोवाङका वडाध्यक्ष सन्तोष शेरचनले बताए ।

सेकुङतालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ । करिब १५० मिटर लम्बाइ र २० मिटर चौडाइको सेकोङताल समुद्री सतहबाट २ हजार सात सय २५ मिटरको उचाइमा अवस्थित छ । ताल परिसरमा चौँरी, भेडाबाख्रा र गाईभैँसीको चरन खर्क छ । धवलागिरि र तिलिचोपिक हिमालको फेदीमा रहेको ताल परिसरको जङ्गल र एकान्त वातावरणका साथै वन्यजन्तु र पक्षीहरूको पनि अवलोकन गर्न सकिन्छ । आकाश खुलेको अवस्थामा धवलागिरि, तिलिचो पिक र निलगिरि हिमालको छायाँ देखिन्छ ।

ताल, हिमाल, वनजङ्गल, वन्यजन्तु र पक्षीहरुको एकैपटक अवलोकन गर्न पाउँदा निकै रमाइलो महसुस भएको म्याग्दीबाट सेकुङताल घुम्न जानुभएका सुरेन गुरुङले बताउनुभयो । सेकुङताल धवलागिरि आइसफल जाने पदमार्गको प्रवेश विन्दुमा पर्छ ।

ताल परिसरको चरन खर्कमा शरद र वसन्त ऋतुमा गाईभैँसी, भेडाबाख्रा र चौँरीगोठ रहन्छन् । सेकुङतालबाट पाँच मिनेट पैदलयात्रा गरेपछि भुर्छतोताल पुगिन्छ । प्राकृतिक सौन्दर्यले रमणीय तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यसअघि सुनसान थियो । सडक, सुरक्षित पदमार्ग र ताल संरक्षण भएपछि पर्यटक भुल्न थालेका ताङछराको होलिडे क्याम्प होटलका सञ्चालक राजु गौचनले बताए ।


Read Previous

बेनी-दरवाङ-ढोरपाटन सडकलाई राष्ट्रिय राजमार्ग बनाइने 

Read Next

हावाहुरीले वितरण लाइनमा क्षति पुर्याउँदा पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध    

Leave a Reply

Your email address will not be published.