Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

९ निर्माण कम्पनीसँग फेरि ७ दिने स्पष्टीकरण माग   


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न ९ वटा निर्माण कम्पनीसँग स्पष्टीकरण मागेकाे छ ।    कार्यालयले कमजाेर कार्यसम्पादन गर्ने यी निर्माण कम्पनीसँग ७ दिने स्पष्टीकरण मागेकाे हाे ।

स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौं, न्यू भेरी इन्जिनियरिङ वर्कसप सुर्खेत, आराभाली इन्फ्रापावर भारत नयाँदिल्ली, प्रनिश इन्टरनेशनल प्रालि काठमाडौं छन् ।

यस्तै, कोसी निर्माण सेवा काठमाडौं, दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड, मामा भान्जा निर्माण सेवा उदयपुर, सत्यस्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौं र पाँचखाल कन्ट्रक्सन प्रालि काठमाडौंलाई पनि स्पष्टीकरण साेधिएकाे  सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव विष्णुप्रसाद शर्माले बताए।

“विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राखिदिन सिफारिस भएपछि सुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकामा त्यसको समयावधि पूरा गरेपछि अहिले थप ७ दिने स्पष्टीकरण मागिएको हो, ७ दिनमा पनि स्पष्टीकरण नआए कालोसूचीमा राखिने छ,” उनले भने ।


Read Previous

ठेकेदारकाे ढिलासुस्ती र वनकाे अवराेधले कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणमा ढिलाइ

Read Next

कालीगण्डकी करिडोर : महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु   

Leave a Reply

Your email address will not be published.