Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

प्राधिकरणमाथि नै प्रश्न उठ्न थालेपछि ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल उठाउन कडाइ गरेका हौं, अरु उद्योगको पनि आपूर्ति काट्छौं: कुलमान


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै निकायले टं«क लाइन र डेडिकेटेड फिडरको विद्युत सेवा लिने ग्राहकबाट महसुल उठाउन निर्देशन दिएपछि उद्योगहरूको लाइन काट्ने निर्णयमा पुगेको स्पष्ट पारेका छन् । बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चरम लोडसेडिङको समयमा २० घन्टाभन्दा बढी विद्युत सेवा लिएका उद्योगबाट महसुल उठाउन नसकेको विषयलाई लिएर प्राधिकरण नेतृत्व र सम्बन्धित वितरण केन्द्रका कर्मचारी माथि नै प्रश्न उठ्न थालेपछि कडाइका साथ प्रस्तुत हुनु परेको बताएका हुन् ।

उनले प्राधिकरणले ७ वर्षसम्म कुरेर ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल तिर्न आउन आग्रह गर्दा पनि उद्योगहरू नआएपछि नै लाइन काट्ने चरणमा पुगेर कारबाही प्रक्रिया अगाडि बढाएको बताए ।

‘ऊर्जा मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, विद्युत नियमन आयोग सबैबाट ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल उठाउनु भन्ने निर्देशन आइसकेको थियो,’ उनले भने, ‘सबै निकायको निर्देशन बमोजिम प्राधिकरणले उद्योगहरूलाई पटक–पटक ताकेता गरेर किस्ताबन्दीमा महसुल तिर्न आउन आग्रह पनि गर्यो । तर, विभिन्न कारण देखाएर उद्योगहरू महसुल तिर्न नआएपछि अन्तिम चरणमा मात्रै लाइन काट्नु पर्ने बाध्यता आएको हो ।’

उनले अहिलेसम्म ६१ मध्ये ९ वटा उद्योगको लाइन काटिएको र क्रमशः अरु उद्योगको पनि लाइन काटेर महसुल असुल गर्ने प्रक्रिया अगाडि बढ्ने बताए । उनले प्राधिकरणको ‘लक सिट’ मा सबै डाटा सुरक्षित रहेकाले आवश्यक परेको खण्डमा त्यो पनि सम्बन्धित ठाउँमा पेश गर्ने दाबी गरे ।

उनले प्राधिकरणको ‘एम पावर’मा सबै बिलिङ सुरक्षित रहेकाले खपत नै नगरेको बिल पठाएको भन्ने उद्योगीहरूको आरोपमा कुनै सत्यता नभएको बताए । यसले सर्वसाधारणमा समेत भ्रमको अवस्था सृजना गरेको घिसिङले बताए ।

ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत महसुल उठाउने तथा महसुल नउठाउने कर्मचारीलाई कारबाही गर्ने निर्णय प्राधिकरण सञ्चालक समितिबाट भइसकेकाले सम्बन्धित वितरण केन्द्रका कर्मचारीमाथि ठूलो दवाब रहेको उनको भनाइ छ ।

‘संसददेखि सर्वसाधारणसम्मले प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल प्राधिकरणले किन नउठाएको ? भन्ने प्रश्न गर्न थाले । पटक–पटक ताकेता गर्दा सहज रुपमा तिर्न नआएपछि नै लाइन काटेर असुल गर्नुपर्ने अवस्था आएको हो । अब कुलमानले रोक्छु भन्दा पनि यो रोकिँदैन’, उनले भने ।

उनले अहिले पनि ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल तिर्न आउने उद्योगलाई किस्ताबन्दीको सुविधा दिएर प्राधिकरणले सहयोग गर्ने बताए । विद्युत वितरण विनियमावली २०७८, संसोधन गरेर किस्ताबन्दीमा तिर्ने अवसर दिइएको बताउँदै उनले २५ प्रतिशत रकम जम्मा गरेमा पुनरावलोकनको विकल्प पनि दिइने बताए ।

उनले हरेक पटक महसुल उठाउन ताकेता गर्दा राजनितिक हस्तक्षपका कारण यो विषय ओझेलमा पार्न खोजिएकाले यतिका समय लागेको र अहिले यसको दोष सबै प्राधिकरणलाई मात्रै थोपर्न नहुने बताए ।

‘प्राधिकरणले आफ्नोतर्फबाट हरेक पटक ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल उठाउने प्रयास गरेको हो,’ उनले भने, ‘तर, आर्थिक संकट, कोभिड–१९ महामारी जस्ता कारण देखाउँदै यसलाई प्रभावित पार्ने काम भयो । अहिले रकमको आकार बढ्दै गएपछि प्राधिकरणका कर्मचारीको टाउकोमा मात्रै सबै दोष थोपरेर कोही उम्कन पाउँदैनन् । अब प्राधिकरण चुप लागेर बस्दैन । जुनसुकै अवस्थामा पनि महसुल उठाएर छाड्छ ।’

प्राधिकरणका अनुसार चरम लोडसेडिङको समयमा ६१ उद्योगले ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट विद्युत सेवा उपयोग गरी महसुल तिरेका छैनन् । ७ वर्षसम्म ट्रंक लाइन र डेडिकेटेड फिडरबाट सेवा लिएका यी उद्योग महसुल तिर्न नआएपछि प्राधिकरणले गत पुस ६ गतेदेखि लाइन काट्न सुरु गरेको छ ।
यो अवधिमा २३९ उद्योगले ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट विद्युत सेवा लिएकोमा १७८ उद्योगले प्रिमियमसहितको शुल्क पहिले नै तिरिसकेका छन् ।

प्राधिकरणको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार ६१ औद्योगिक ग्राहकले ट्रंक लाइन र डेडिकेटेड फिडरबाट विद्युत उपयोग गरेबापतको २२ अर्ब २४ करोड रुपैयाँ तिर्न बाँकी छ । जसमध्ये भर्खरै लाइन काटिएका ९ वटा उद्योगले मात्रै १२ अर्ब ५० करोड रुपैयाँ बराबर महसुल प्राधिकरणलाई तिर्न बाँकी छ ।

ट्रंक लाइन र डेडिकेटेड फिडरबाट विद्युत उपयाेग गर्ने उद्याेग र तिर्न बाँकी महसुलकाे विवरण

Dedicated TLS Final 1

ट्रंक लाइन र डेडिकेटेड फिडरकाे विद्युत महसुलका सम्बन्धमा भएका निर्णय तथा कामकारवाहीकाे क्रमगत विवरण

ok-Dedicated & trunk lineko sanchipt bibaran 080.9.10.docx

Read Previous

ढलान हुने अवस्थाकाे इर्खुवाखोलामा निर्माणाधीन पुल भत्कियो   

Read Next

तनहुँमा मोटर गुड्ने २ पुल निर्माण, ४ हजार बढी घरधुरीले लाभ पाउने

Leave a Reply

Your email address will not be published.