Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

विकासले गति लिँदैछ बागलुङका दुर्गम गाउँमा     


ढोरपाटन । काठेखोला गाउँपालिका-८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ भए पनि विकासका हिसाबले पछाडि थियो । पछिल्लो समय स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिन थालेपछि विकासले गति लिन थालेको छ ।

चालु आर्थिक वर्षमा यस वडामा ७ करोड ३३ लाख ६४ हजार रुपैयाँको योजना कार्यान्वयनको चरणमा रहेको छ । पच्चिस वटा योजनाका लागि काठेखोला गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत गरी उक्त बजेटको योजना कार्यान्वयनको चरणमा रहेका छन् ।

लेखानीमा विनियोजित रकममध्ये ५ करोड ५५ लाख सङ्घीय र ९० लाख रुपैयाँ  प्रदेश सरकारबाट तथा ८८ लाख ६४ हजार रुपैयाँ काठेखोला गाउँपालिकाबाट विनियोजन भएको गाउँपालिका कार्यालयले जनाएको छ ।

चालू आवमा पदमार्गका ९ योजनाका लागि गाउँपालिका र प्रदेश सरकारबाट गरी ५८ लाख ७४ हजार ४ सय रुपैयाँ विनियोजन भएको काठेखोला–८ का वडाध्यक्ष प्रमानन्द कँडेलले जानकारी दिए । उनका अनुसार मोटरबाटो निर्माणका लागि ६ योजनामा गाउँपालिका, गण्डकी प्रदेश र सङ्घीय सरकारको गरी पाँच करोड ९९ लाख रुपैयाँ बजेट व्यवस्थापन भएको हो ।

दुई खेल मैदान निर्माणका लागि चालु आवमा काठेखोला र गण्डकी प्रदेशले लेखानीमा १४ लाख रुपैयाँ विनियोजन गरेका छन् । विद्यालय सुधार तथा गुणस्तरीय शिक्षा कार्यक्रमका लागि गण्डकी प्रदेशबाट ५ लाख रुपैयाँ प्राप्त हुनेछ ।

सिँचाइ तथा खानेपानीका लागि प्रदेश र गाउँपालिकाको १२ लाख रुपैयाँ, पोखरी तथा ताल निर्माणका दुई योजनाका लागि गाउँपालिका र प्रदेश सरकारबाट ११ लाख, वातावरण संरक्षण तथा झाँडी सरसफाइका लागि गाउँपालिका र सङ्घीय सरकारबाट २३ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन भएको काठेखोला गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्यसम्बन्धी कार्यक्रमका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सबैभन्दा ठूलो रकम सङ्घीय सरकारबाट सुल्डाँडा लेखानी सेतीचौर देउराली सडक स्तरोन्नतिका लागि ५ करोड विनियोजन भएको प्रवक्ता विकले बताए ।
ओखले कोटपखेरा बराहथान पहिरो नियन्त्रणका लागि २० लाख रुपैयाँ र थाननेटा गाजा दह हुँदै शान्तिपुर जोड्ने सडक निर्माणका लागि सङ्घीय सरकारबाट ३५ लाख रुपैयाँ विनियोजन भएको वडाध्यक्ष कँडेलले जानकारी दिए ।

सुल्डाँडा लेखानी सेतीचौर देउराल सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट २५ लाख रुपैयाँ, लेखानी प्रावि हुँदै भट्टेबारी पदमार्गका लागि ५ लाख रुपैयाँ , काशीराम छन्त्याल प्रावि मर्मतका लागि ५ लाख रुपैयाँ , सेतीचौर जलाशय निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै, प्रदेश सरकारबाटै फार्सलखोला कोलेलीडाँडा सिँचाइ कुलोका लागि १० लाख रुपैयाँ, कादेश आधारभूत विद्यालय खेलमैदान निर्माण गर्न ५ लाख रुपैयाँ र कादेश चित्रेदेउराली सडक निर्माण गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको वडाध्यक्ष कँडेलले जानकारी दिए ।

उनका अनुसार काठेखोला गाउँपालिकाबाट भुमेचौर गौडा हुँदै कादेश मोटरबाटोका लागि ८ लाख रुपैयाँ, रोगालखोला माटखत्री पातल पदमार्ग निर्माण गर्न ९ लाख ७४ हजार रुपैयाँ, सिमथानदेखि डैलेखानी घुम्तीसम्म पदमार्गलाई ९ लाख रुपैयाँ, भुमेचौर माईस्थान च्यानडाँडा हुँदै उपल्लाथर पदमार्ग निर्माण गर्न ९ लाख रुपैयाँ विनियान भएको छ ।

झाँडी तथा रुख कटानका लागि काठेखोलाबाट ३ लाख ९० हजार रुपैयाँ, कादेश खानेपानी योजना मर्मतका लागि २ लाख रुपैयाँ रुपैयाँ, भुमेचौर खेलमैदान निर्माण गर्न ९ लाख रुपैयाँ, छेडादेखि वडा कार्यालयसम्म पदमार्गका लागि १० लाख रुपैयाँ तथा झरुवापाटा भिरकुना पदमार्गका लागि  ४ लाख रुपैयाँ विनियोजन गरिएको कँडेलले बताए ।

पीपलबोट भ्यूटावर सेतीचौर पदमार्गलाई ४ लाख रुपैयाँ, सेतीचौर कुटाखर्क हलहले पदमार्गलाई ४ लाख रुपैयाँ, सडक मर्मत सुधार योजनाका लागि ४ लाख रुपैयाँ , पुच्छरघर माईथान पदमार्गलाई ४ लाख रुपैयाँ, खाली पोखरी निर्माणका लागि एक लाख रुपैयाँ र लेखानी स्वास्थ्यचौकी ट्रस निर्माणका तथा मर्मत योजनाका लागि १० लाख रुपैयाँ विनियोजन भएको कँडेलले जानकारी दिए ।  उनका  अनुसार लेखानीले यसपटक गाउँपालिकाको बजेटबाट १५ वटा योजना बनाएको छ ।

थोरै योजना बनाएर देखिनेगरी बजेट खर्चनुपर्ने वडाध्यक्ष कँडेल बताए । यस आवमा गाउँपालिकाले दसैँकाे समयमा योजना सम्झौतासहितको एकीकृत घुम्ती शिविर सञ्चालन गरेको थियो । काठेखोला–८ लेखानीले भने त्यसअगावै उपभोक्ता समिति गठन गरेर अधिकांश योजना सम्झौता गरेर कार्यान्वयनको चरणमा पुगिसकेको जनाएको छ ।

“अहिलेसम्म यस वडामा जनचाहनाअनुसार विकास हुन सकेको थिएन । विकासका लागि धेरै बजेट चाहिन्छ, गाउँपालिकाको बजेट मात्रै कुरेर बस्ने हो भने काम गर्नै सकिन्न”, वडाध्यक्ष कँडेलले भने, “पालिकामा आउने सीमित बजेट हुन्छ, प्रदेश र सङ्घीय सरकारबाट योजना पार्नसके मात्रै काम देखिने हो । अहिले प्रदेश र संघीय सरकारबाट योजना परेसँगै बजेट पनि ल्याउन सकिएको छ । अब विकासले फड्को मार्नेछ ।”

गाउँपालिकाका प्रवक्ता विकले वडा नं ८ पछिल्लो समय अब्बल वडा बन्दै गएको बताए । यस वडामा विगतदेखि ससाना योजना परेर काम भए पनि ठूला विकास निर्माण भने कम भएको उनकाे भनाइ थियो । पालिकाले सबै वडालाई समानुपातिकरुपमा बजेट विनियोजन गर्दै आएको प्रवक्ता विकले बताए ।


Read Previous

प्रचण्ड सरकारको एक वर्षः ऊर्जामा विद्युत उत्पादन, प्रसारण र वितरणसँगै रणनीतिक उपलब्धि

Read Next

‘जलवायु परिवर्तन असरको क्षतिपूर्ति प्राप्त गर्न आन्तरिक तयारी आवश्यक छ’   

Leave a Reply

Your email address will not be published.