Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

तीनखुट्टे-देवीटार सडक निर्माण डेढ वर्षदेखि अलपत्र   


काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र (डाँडापारि) मा अवस्थित महाभारत गाउँपालिकाको तीनखुट्टे–देवीटार सडक खण्डको निर्माण डेढ वर्षदेखि अलपत्र अवस्थामा छ । ठेकेदारले सम्झाैता अनुसार काम नगर्दा  ८.७ किलाेमिटर सडककाे कालाेपत्र गर्ने कार्य अलपत्र अवस्थामा पुगेकाे हाे ।

कालोपत्र गर्ने कार्य सम्झौता अवधि सकिएको १७ महिनासम्म सम्पन्न हुन नसक्दा स्थानीयले सदरमुकाम धुलिखेल आवतजावतमा निकै कठिनाइ भोग्नुपरेको छ । निर्माण व्यवसायीको लापरवाही तथा ढिलासुस्तीका कारण वर्षात्को समयमा ४  महिनासम्म उक्त सडक अवरुद्ध बनेको स्थानीयले बताएका छन् ।

२०७९ असार मसान्तसम्म अवधि रहेको उक्त सडकखण्ड निर्माणको ठेक्का लिएको श्रेष्ठ सक्षम जेभी कम्पनीलाई पटक–पटक मौखिक र लिखितरूपमा ताकेता गर्दा बेवास्ता गरेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय तथा पूर्वाधार विकास कार्यालयलाई पनि जानकारी गराइएको थियो ।

उक्त मङ्गलटर–चारकिल्ला–तीनखुट्टे–बनखु सडक आयोजनाको २०७७ असोज २० गते बागमती प्रदेशका तत्कालीन मन्त्री रामेश्वर फुँयालले तीनखुट्टेमा शुभारम्भ गरेका थिए । सडक अभावमा विकट मानिएको महाभारत गाउँपालिकाको तीनखुट्टे–देवीटार सडकखण्ड स्तरोन्नतिसहित कालोपत्रका लागि ४९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । म्याद सकिँदासम्म उक्त आयोजनाको ५० प्रतिशत निर्माण भएको छ ।

उक्त सडकखण्डमा सडक स्तरोन्नतिअन्तर्गत नाली निर्माण, रिटेनिङ वाल, ग्याविङ्ग वाल, कजवे, कल्भर्टलगायतका संरचनासँगै ३० एमएमको कालोपत्र गरिने योजना बनाइएको थियो । “पक्की सडक निर्माण भएपछि महाभारत क्षेत्रको विकास र समृद्धिमा थप मद्दत पुग्ने अपेक्षा गरेका थियौँ”, अध्यक्ष जिम्बाले भने ।


Read Previous

चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण सम्पन्न

Read Next

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने   

Leave a Reply

Your email address will not be published.