Nepal Purbadhar

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने   


चितवन। नारायणगढ-मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि बन्द हुने भएकाे छ । तुइन खोलामा पुल निर्माण गर्न याे सडक खण्ड  दैनिक ४ घण्टा सवारी आवागमन बन्द गर्न लागिएकाे हाे ।

पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले बिहीबार एक सूचना जारी गरेर जानकारी दिएकाे छ । नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन् । मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन् ।

यसैगरी, काठमाडौंबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ । पोखराबाट आउने यात्रीवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ ।

उक्त सडकका १९ वटा पुलमध्ये ४ वटा चार वर्ष अघि निर्माण भएका हुन्भने बाँकी १५ पुलको काम एकै साथ थालिएको थियो ।


Read Previous

तीनखुट्टे-देवीटार सडक निर्माण डेढ वर्षदेखि अलपत्र   

Read Next

मिलनचोक-रातोढुंगा प्रसारण लाइनको परीक्षण सुरु,वितरण प्रणाली सुधारिने