Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

कोप-२८ मा जलवायु परिवर्तनबाट हुने क्षतिसँगै जलस्रोत सुरक्षाको विषय उठान गर्न सरोकारवालाको सुझाव


काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबईमा हुन लागेको कोप २८ सम्मेलनमा जलवायु परिवर्तनको प्रभावबाट हुने क्षति तथा नोक्सानीसँगै पानीको स्रोतको सुरक्षाको विषय पनि प्राथमिकताका साथ उठाउन सरोकारवालाले सुझाव दिएका छन् । कोप सम्मेलनको मिति नजिकिँदै जाँदा सोमबार राजधानीमा आयोजित ‘नेपालमा पानी र जलवायु परिवर्तन सम्बन्धित संवाद’ विषयक कार्यक्रममा सहभागी सरोकारवालाहरूले पानीको विषय उठान गर्नुपर्नेमा जोड दिएका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सहसचिव शान्ता कार्कीले पानीको सुरक्षा नै कृषि क्षेत्रको पनि सुरक्षा बताएको बताइन् । ‘कृषिमा जलवायु परिवर्तनको चुनौती २ प्रकारले परिरहेको छ,’ उनले भनिन्, ‘पहिलो भनेको बाढी र पहिरोले पर्ने प्रभाव हो भने खडेरीका कारण पर्ने प्रभाव दोस्रो नम्बरमा आउँछ ।’ उनले पानी र हावा दुषित हुँदा समेत कृषिजन्य उत्पादनमा नकारात्मक प्रभाव पर्ने गरेकाले अबको कोप सम्मेलनमा पानीको स्रोत संरक्षणको मुद्दालाई प्राथमिकता दिएर उठाउनु पर्ने बताइन् ।

विद्युत नियमन आयोगलका पूर्व सदस्य रामप्रसाद धितालले जलविद्युतमा जलवायु परिवर्तनको प्रभाव २ प्रकारले परिरहेको बताए । ‘नदी तथा खोलामा बर्खामा आउने बाढीले संरचनामा क्षति पुर्याउँदा विद्युत उत्पादनमा समस्या भइरहेको छ । अर्कोतिर, सुख्खा याममा नदी र खोलामा पानीको सतह कम भई उत्पादन घट्न जाँदा देशको जिडिपीसँगै राजश्वमा पनि कमी आउने गरेको छ । यो सबै जलवायु परिवर्तनकै कारण भइरहेको छ,’ उनले भने ।

गभरनेन्स ल्यावकी प्रमुख कार्यकारी अधिकृत निशा वन्ताले पानीको सुरक्षाका लागि स्थानीयबासीको शिप र ज्ञानको पनि उपयोग गर्नपर्नेमा जोड दिइन् । नेपालमा जलवायु परिवर्ननको प्रभाव न्युनिकरण कार्यक्रमहरूमा सहभागी हुनका लागि महिलाका लागि अवसर रहेकोले यसको उपयोग गर्न सुझाव दिइन् ।

जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक टिकाराम बरालले जलवायु परिवर्तनको प्रभाव कृषि क्षेत्रमा पनि नराम्ररी परिरहेकाले यो विषयको उठान कोपा सम्मेलनमा गरिनु पर्नेमा जोड दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले छलफल कार्यक्रममा स्वच्छ ऊर्जा र जलस्रोतको सुरक्षाबारे धेरै महत्त्वपूर्ण विषय उठान भएको बताए । उनले छलफल कार्यक्रमले मन्त्रालयलाई पनि कोप सम्मेलनमा उठाउने विषय छनोट गर्न सहज भएको बताए ।

प्रधानमन्त्री कार्यलयका सल्लाहकार पपुलर जेन्टलले वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा कोप सम्मेलनको ‘रोड म्याप’ तयार गरिएको बताए । उनले सरकारले रोड म्याप अनुसार नेपालमा जलवायु परिवर्तनले पारेको प्रभावको वर्तमान अवस्था झल्किने कार्यपत्र बनाएर कोप सम्मेलनमा प्रस्तुत गर्ने बताए ।

‘यो पटकको कोप सम्मेलनमा नेपालले छुट्टै पभेलियन लिँदैछ,’ उनले भने, ‘पभेलियनमा छलफलका लागि ३० वटा प्रस्ताव आएको छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहालले कोप सम्मेलनको नेतृत्व गर्ने बताउँदै उनले त्यसअघि नेपालको वर्तमान अवस्थाबारेको कार्यपत्रमा छलफल गर्न मंगलबार कार्यक्रम गर्न लागेको पनि जानकारी दिए ।

कोप सम्मेलनमा नेपालको पभेलियनमा हिमालमा जलवायु परिवर्तनको जोखिमकाबारेमा संयुक्त राष्ट्रसंघका महासचिवलाई मुख्य अतिथि बनाएर छलफल गर्ने कार्यक्रम तय भएको उनले बताए ।

कोपका अघिल्ला सम्मेलनहरूमा जलवायु परिवर्तनको प्रभाव न्युनिकरण तथा अनुकुलन कार्यक्रमकाबारेमा छलफल हुने गरेकोमा क्षति तथा नोक्सानीको व्यवस्थापनका मुद्दाले प्राथमिकता पाउने गरेको उनको भनाइ छ । उनले जलवायु परिवर्तन प्रभावको तथ्यांक छैन भनी दाताको भर पर्नुभन्दा सरकारको बजेटबाट नै गहिरो अध्ययन गर्नुपर्ने बताए ।


Read Previous

ग्रामीण सडकले मौलिक सम्पदा नासिदै

Read Next

फोहरबाट मल र ग्यास उत्पादन गरिँदै

Leave a Reply

Your email address will not be published.