Nepal Purbadhar

सोह्रौँ पञ्चवर्षीय योजना तर्जुमासम्बन्धी अन्तरक्रिया


विराटनगर । राष्ट्रिय योजना आयोगद्वारा आयोजित १६औँ योजना तर्जुमासम्बन्धी अन्तरक्रिया आज सम्पन्न भएको छ ।

पन्ध्रौँ योजनाको संक्षिप्त समीक्षा गरिएको अन्तरक्रियामा विकास प्रयासमा देखिएका मूलभूत सवाल तथा चुनौती, सोह्रौँ योजनाको कार्यदिशा, समष्टिगत रणनीति, संरचनात्मक रुपमान्तरणका क्षेत्र तथा रणनीतिलगायतका विषयमा छलफल गरिएको थियो ।

साथै उत्पादन तथा उत्पादकत्व अधिवृद्धि, मर्यादित श्रम, उत्पादनशील एवं समावेशी रोजगारीका अवसरको सिर्जना, मानव श्रोत व्यवस्थापन अन्तर्गत मानव पुँजी निर्माण र उत्कृष्ट जनशाक्ति योजना, गुणस्तरीय, समन्याधिक एवं जीवनपयोगी शिक्षा, गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणालीका विषयमा पनि अन्तरक्रिया गरिएको थियो ।

१६औँ योजनामा गुणस्तरीय पूर्वाधार र व्यवस्थित सहरीकरण, सामाजिक सशक्तिकरण, समावेशीकरण र सामाजिक सुरक्षा, अवाञ्छित तथा अनौपचारिक कारोबारको नियन्त्रण, विनियोजन कुशलता तथा पुँजीगत खर्च क्षमता अभिवृद्धिलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ ।

बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री र प्रदेश योजना आयोगका पदाधिकारी र जिल्ला समन्वय समितिका संयोजकसँग छलफल गरिएको थियो भने आज कोशी प्रदेशका १४ वटै जिल्लाका एक सय ३७ पालिकाका प्रमुख वा उपप्रमुख तथा प्रशासकीय अधिकृतको सहभागिता थियो ।


Read Previous

अन्तर्राष्ट्रिय जलविद्युत संघको उपाध्यक्ष निर्वाचित सुशील पोखरेललाई इप्पानको बधाई

Read Next

 इलेक्ट्रिक सवारी एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा