Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

काभ्रेका ४ स्थानीय तह एकीकृत विकास कार्ययोजना बनाउँदै


काभ्रे । काभ्रेपलाञ्चोकका ४ स्थानीय तहले पूर्वाधार विकासलगायत प्रकोप समाधानका लागि संयुक्तरुपमा ‘एकीकृत विकास’ कार्ययोजना बनाउने भएका छन् । जिल्लाको बेथानचोक, खानीखोला, महाभारत र रोशी गाउँपालिकाका जनप्रतिनिधि सम्मिलित अन्तरपालिका बैठकले आफ्नो क्षेत्रको विकासका लागि एकजुट हुने प्रतबद्धता जनाएका हुन् ।

जिल्लाको दक्षिणी भेगमा अवस्थित यी गाउँपालिकामा भौगोलिक अवस्था मिल्दोजुल्दो रहेकाले सडक, पुल, सिँचाइ तथा भवनलगायतका भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजना कार्यान्वयन गर्दा अन्तरपालिकाबीच आवश्यक समन्वय, सहकार्य र समझदारी कायम गरी संयुक्त रूपमा बजेट विनियोजन गर्न एकीकृत कार्ययोजना निर्माण गरी प्रदेश र सङ्घीय सरकारमा एकैसाथ जाने बैठकले निर्णय गरेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

“४ गाउँपालिकाद्वारा योजना बनाएर बजेट विनियोजन गराउन एकीकृत कार्ययोजनाले अर्थपूर्ण दबाब पुग्नेछ”, उनले भने । जिम्बाका अनुसार प्राकृतिक स्रोतसाधन, सामाजिक–भौगोलिक बनोटका आधारमा एक अर्कासँग जोडिएका गाउँपालिकाबीच विकास निर्माणमा समन्वय गर्न बैठकको आयोजना गरिएको हो ।

अन्तरपालिका विकास निर्माण, सेवा प्रवाह र असल अभ्यासको अनुभव आदानप्रदान गर्न अन्तरपालिका बैठक आवधिक रूपमा सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय भएको जिम्बाले बताए । ४ वटै पालिकाका नागरिकको आयस्तरमा वृद्धि गरी सम्बृद्ध पालिका निर्माण गर्न पर्यटकीय गन्तव्य पहिचान र संरक्षण गरी एकीकृत पर्यटन पूर्वाधार विकास गर्ने, महाभारत ट्रेल (पर्यटन पदमार्ग), नारायणस्थान, तिनतले झरना, शिव पार्वती गुफा, कपेर महाकाल, तिलेश्वर पर्यटन क्षेत्र, तारखसे लेक, घ्याङलेक, चैतेपानी तथा भूमेचुली पर्यटन क्षेत्रको पूर्वाधार निर्माण, व्यवस्थापन र प्रवर्द्धनमा संयुक्त लगानी गर्ने निर्णय भएको उनकाे भनाइ थियो ।

बैठकले ४ गाउँपालिका समेट्ने जनमुक्ति मार्ग निर्माण गर्न संयुक्त रुपमा पहल गर्ने निर्णय गरेको छ । त्यस्तै, सम्भावित प्राकृतिक/ गैर प्राकृतिक, मानव स्वास्थ्य तथा पशुजन्य विपद्लगायतका प्रकोपको पहिचान तथा घटनाको न्यूनीकरण, विकासका साझा योजना तथा कार्यक्रम पहिचान गरी प्रभावकारी कार्यान्वयन, उपलब्ध प्राकृतिक स्रोतको पहिचान गरी आपसी सहकार्यमा जोड दिनेलगायत ९ बुँदे सहमति भएको अध्यक्ष जिम्बाले जानकारी दिए ।


Read Previous

६ महिनामा ९ हजार बढी पर्यटकले मनाङ भ्रमण गरे  

Read Next

आयोजना स्थलमै पुगेर एडिबीले भन्यो,‘दूधकोशीमा लगानी गर्छौं’

Leave a Reply

Your email address will not be published. Required fields are marked *