Nepal Purbadhar

सोमवार, असार ४, २०८१
Monday, June 17, 2024

सोमवार, असार ४, २०८१
Monday, June 17, 2024
ढुवानी हडतालले पेट्रोलपम्पमा सवारी साधनको लाइन,चालकलाई छलफलका लागि बोलाइयो    विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त उत्कृष्ट पर्यटकिय गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै    पूर्वाधार क्षेत्रमा हुने बेरुजु न्यूनीकरणको लागि कानूनी स्पष्टता आवश्यक मुस्ताङको लोमान्थानमा पश्मिना डिडस्टिङ प्लान्ट स्थापना, पश्मिना गुणस्तरमा उल्लेख्य योगदान पुग्ने बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति हुँदै दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु एमसिसी परियोजना अन्तर्गतको रातमाटे सबस्टेसन निर्माणको जिम्मा टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनीलाई

पर्यटकीय गन्तव्य बन्दै महेश खोला


नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ मा रहेको महेश खोला पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । पूर्वपश्चिम राजमार्गको गैँडाकोट–२ कालीगण्डकी चोकबाट झन्डै २० मिनेटको यात्रापछि पुग्न सकिने महेश खोलामा पछिल्लो समय आन्तरिक पर्यटक आउने क्रम बढ्दोे छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर (उत्तर–दक्षिण राजमार्ग)मा पर्ने यस खोलामा मूलको चिसो पानी आउँदा गर्मी छल्न मानिसहरु आउने गरेका वडाध्यक्ष शिवकान्त तिवारीले बताए । “कालीगण्डकी करिडोरमै पर्ने खोलामा शीतलता प्राप्त गर्न तथा यहाँको प्राकृतिक वातावरणमा रमाउन चितवन तथा नवलपुरबाट मानिसहरु आउने गरेका छन्”, उनले भने, “सहज यातायात तथा बजारबाट नजिकै रहेकाले पनि यस क्षेत्र पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण रहेको छ ।”

नवलपुरको गैँडाकोटबाट मात्रै नभई चितवनको भरतपुरबाट समेत सबैभन्दा नजिकको दूरीमा पर्ने महेश खोलामा पौडी खेल्न र मानिसहरु रमाइलो गर्न आउने गरेका उनको भनाइ छ । “सामान्य दिनमा सय जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन्”, उनले भने, “शनिबार तथा सार्वजनिक बिदाका दिनमा खोलाको चिसो पानीमा नुहाउन तथा यहाँको प्राकृतिक वातावरणमा रमाउन पाँच सयभन्दा बढी मानिसहरु आउने गरेका छन् ।”

महेश खोलासँगै गैँडाकोट–३ लाई पर्यटकीय गन्तव्य बनाउनका लागि आफूहरु प्रतिबद्ध भएर लागिपरेको पनि उनले बताए । महेश खोलामा बाह्रै महिना चिसो पानी बग्ने भएकाले यसलाई व्यवस्थापन गर्दै मानिसलाई पौडी खेल्न मिल्ने गरी व्यवस्थित बनाइएको उनको भनाई छ । “यहाँ पौडी पोखरी होइन, खोलाको चिसो पानीमा पौडी खेल्न पाइन्छ”, उनले भने, “स्वच्छ बगिरहने चिसो पानीसँगै प्रकृतिक सुन्दरताको भरपुर आनन्द लिएर पौडी खेल्ने पाइने भएपछि मानिसहरु आकर्षित भएका हुन् ।”

वडा नम्बर ३ मा महेश खोलासँगै अन्य झरना र कालीगण्डकी नदीसमेत रहेको जनाउँदै उहाँले कालीगण्डकी करिडोर निर्माणपछि यातायात आवागमनमा भएको सहजताले आन्तरिक पर्यटकको वृद्धि हुने क्रम बढेको बताए । बजार क्षेत्रबाट नजिकै रमाउने ठाउँ नभइरहेको अवस्थामा ढोडेनी क्षेत्रलाई विकल्पका रुपमा प्रस्तुत गर्ने प्रयास भइरहेको उनले बताए ।

“अहिले बिदाको समयमा घुम्न होस् वा रमाइलो गर्नका लागि सहर बजार नजिकै रमणीय र सुविधा उपलब्ध भएको ठाउँ पाउन कठिन छ”, उनले भने, “हामीले ढोडेनीलाई विकल्पका रुपमा प्रस्तुत गर्दै होमस्टे (घरबास) निर्माण, होटल तथा रेष्टुरेन्ट निर्माणलाई समेत प्रवद्र्धन गर्दैछौँ ।” बजार क्षेत्रबाट नजिकै भएर पनि महेश खोला तथा यहाँका अन्य झरनाको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको तिवारीले बताए ।


Read Previous

बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माग

Read Next

विद्युत उत्पादनमा निजी क्षेत्रकाे लागनी र चुनौती

Leave a Reply

Your email address will not be published.