Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

उद्योग दर्ता हुने क्रम घट्दै


कैलाली । कैलालीमा पछिल्लो तीन वर्षयता साना तथा घरेलु उद्योग दर्ता हुने क्रम घट्दै गएको छ । कञ्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रिया, भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायत कारणले उद्योग दर्ता हुने क्रम घट्दै गएको हो । हालसम्म कैलालीमा साना तथा घरेलु उद्योग दर्ताको सङ्ख्या १५ हजार ९१ पुगेको छ ।

जिल्लामा दर्ता भएका उद्योगमा उत्पादनमूलक, कृषिमूलक, निर्माणमूलक, पर्यटनमूलक, सूचना प्रविधि र सेवामूलक गरी सो सङ्ख्यामा उद्योग रहेका छन् । बर्सेनि उद्योग नवीकरण भइरहे पनि अधिकांश उद्योग सञ्चालनमा आउन भने सकेका छैनन् । कञ्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रियालगायतका कारणले जिल्लाभित्र दर्ता भएका उद्योग सञ्चालन गर्न कठिनाइ हुने गरेको उद्योग सञ्चालकको गुनासो छ ।

साना तथा घरेलु उद्योग कार्यालय धनगढीका प्रमुख कोमलप्रसाद ओझाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा दुई हजार नौ सय ६८, आव २०७८/७९ मा दुई हजार चार सय ३७ र आव २०७९/८० मा एक हजार एक सय ९७ वटा उद्योग गर्दा भएका छन् । दर्ता भएका उद्योगमध्ये पछिल्लो तीन वर्षयता पाँच सय ४७ उद्योग बन्द भएका छन् । साना तथा घरेलु उद्योग कार्यालय धनगढीले दिएको जानकारीअनुसार आव २०७७/७८ मा एक सय ४०, आव २०७८/७९ मा एक सय ७५ तथा आव २०७९/८० मा दुई सय ३२ उद्योग बन्द भएका छन् ।

कोभिड–१९ को महामारीपछि आर्थिक मन्दी, कच्चा पदार्थको अभावलगायतका कारण देखाएर उद्योग बन्द गरिन थालिएको बन्द हुनेमा अधिकांश उत्पादनमूलक, कृषिमूलक, सेवामूलक, पर्यटनमूलक उद्योग रहेका छन् । उद्योग दर्ता खारेजी फारममा प्रायः उद्योग बन्द गर्नुपरेको कारणमा आर्थिक मन्दीले चलाउन नसकिएको, उद्योग सञ्चालन गर्न नसकेका कारण विदेश गइरहेको, उद्योगका लागि कच्चा पदार्थ अभावलगायतका कारण देखाइने गरिएको कार्यालय प्रमुख ओझाको भनाइ छ ।

साना तथा घरेलु उद्योग कार्यालयका अनुसार कोभिड–१९ पछि जिल्लामा उद्योग दर्ता हुने क्रम पनि घट्दो छ । कोभिडपछि आर्थिक मन्दी आएको र बैंकले ऋण लगानी नगरेपछि जिल्लामा उद्योग खुल्ने क्रम घटेको जनाइएको छ । सरकारले युवालाई उद्यमतिर आकर्षित गर्ने नीति अवलम्बन गरेको भए पनि उद्योग सञ्चालनका लागि पुँजी अभावलगायतका कारणले उद्योग दर्ता र नवीकरण घट्दो क्रममा रहेको कार्यालय प्रमुख ओझाले बताए ।


Read Previous

सडक स्तरोन्नतिले ल्यायो खुसीयाली

Read Next

कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक

Leave a Reply

Your email address will not be published.