Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

‘किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउँछ’


सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउने पराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताएका छन् । बुधबार सङ्खुवासभा आएका मन्त्री साउदले तुम्लिङटार विमानस्लथलमा पत्रकारसँग कुरा गर्दै उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याइने अभिव्यक्ति दिएका हुन् ।

किमाथाङ्का नाकालाई स्तरवृद्धि गरेर पुनः सञ्चालनमा ल्याइने पराष्ट्रमन्त्री साउदले बताए । किमाथाङ्का नाका खोल्न चीन सरकारसमेत सकारात्मक भएका कारण नाका चाँडै सञ्चालनमा ल्याइने उनको भनाई छ । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ को आसनन चीन भ्रमणमा किमाथाङ्का नाका खुलाउने विषयलाई ‘एजेन्डा’मा राखिएको मन्त्री साउदले बताए । ऐतिहासिक किमाथाङ्का नाकाबाट पूर्वको व्यापार व्यवसायलाई पनि प्रत्यक्ष फाइदा पुग्ने भएकाले चीन भ्रमणमा प्राथमिकतामा राखिएको उनको भनाई थियो । उनका अनुसार किमाथाङ्कामा सडक तथा ट्रान्समिसन लाइन निर्माणका लागि पनि चीन सरकार सकारात्मक छ ।

किमाथाङ्का नाका खुलाउन चीन सरकारसँग पहल गरिदिन सङ्खुवासभाका जनप्रतिनिधि र सरोकारवाला निकायले प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदलाई पनि यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् । यसअघि प्रचलनमा नै रहेको यो नाका कोरोना महामारी आएसँगै चीन सरकारले बन्द गरेको हो । नाका बन्द हुँदा भोटखोलामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको सङ्कट भएको छ ।


Read Previous

पथलैया–कमला सडकखण्डमा ३० हजारभन्दा बढी रूख काटिने

Read Next

प्राधिकरणले निर्माण गरेका ५१ वटा विद्युतीय चार्जिङ स्टेसनको औपचारिक उद्घाटन

Leave a Reply

Your email address will not be published.