Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

सूचना प्रविधिमा अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य गर्न इच्छुक छौँः मन्त्री शर्मा


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न इच्छुक रहेको बताएकी छिन् । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङसँगको भेटमा मन्त्री शर्माले राष्ट्रिय हितलाई ध्यान दिँदै सूचना प्रविधिको विकासका लागि सबैसँग सहकार्य गर्न तयार रहेको बताएकी हुन् ।

सूचना प्रविधिलाई समृद्धिको प्रमुख आधारको रुपमा नेपाल सरकारले लिएको भले नेपाल सरकारले यो वर्षदेखि वार्षिक पुँजीगत बजेटको एक प्रतिशत आविष्कार र नवप्रवर्तनमा लगाउने घोषणा गरेको पनि उनले भनिन् । भर्खरै मात्रै साइबर सुरक्षा नीति जारी गरेको उल्लेख गर्दै मन्त्री शर्माले चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गर्ने तयारीमा रहेको जानकारी पनि दिएकी थिइन् । शर्माका अनुसार अहिले चलिरहेको डाटा सेन्टरलाई थप सुरक्षित र भरपर्दो बनाउन लागिएको छ ।

चालु आर्थिक वर्षभित्र सबै वडा तहसम्म इन्टरनेट सुविधा पुर्याउने तयारी गरिएको बताइएको छ । देशभर फाइभजी सेवा विस्तार गरिनेमा उनले जोड दिएकी छिन् । “सबै वडा तहसम्म इन्टरनेट विस्तार गर्दा नेपालमा सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को हुनेछ”, मन्त्री शर्माले भनिन्, “नेपालको सूचना तथा सञ्चार प्रविधिको विकासका लागि कोरियालगायत अन्तर्राष्ट्रिय समुदायसँग जिटुजी, पिटुपी (सरकार–सरकार, जनता–जनता) सहयोग आदानप्रदान गर्न हामी इच्छुक छौँ ।”

भेटमा राजदूत तइयोङले नेपालले साइबर सुरक्षाका लागि पारित गरेको साइबर सुरक्षा नीति र पहल महत्वपूर्ण भएको धारणा राखे । कोरिया नेपालमा वैदेशिक लगानी गर्ने चौँथो मुलुक रहेको जानकारी दिँदै उनले सूचना प्रविधि क्षेत्रमा लगानी बढोस् भन्ने कोरियाको चाहना रहेको बताए । नेपालमा कोरियाको सरकारी तहबाट मात्र नभइ निजी क्षेत्रबाट पनि ठूलो सहयोग भइरहेको उल्लेख गर्दै सामसुङले पुल्चोक क्याम्पसको ‘इन्नोभेसन सेन्टर’मा सहयोग गरिरहेकोमा पनि उनले जोड दिएका थिए । रासस


Read Previous

बेनी–जोमसोम सडक खण्डमा वैकल्पिक मार्गको माग

Read Next

दुई वर्षभित्र सबैलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्कः स्वास्थ्यमन्त्री बस्नेत

Leave a Reply

Your email address will not be published.