Nepal Purbadhar

पन्छाइयो कान्तिलोकपथको भट्टेडाँडामा गएको पहिरो


मकवानपुर । काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडामा गए राति गएको पहिरो पन्छाइएको छ ।

पहिरो पन्छाएर आज बिहानदेखि काठमाडौँ–हेटौंडातर्फको यातायात पुनः सञ्चालनमा ल्याइएको हो । कान्ति लोकपथअन्तर्गत पर्ने भट्टेडाँडा प्रहरी चौकीको सक्रियतामा सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाएर यातायात सञ्चालन गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

यसैगरी त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग, हेटौँडा–भीमफेदी सडकखण्ड र भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा अहिले सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाकारी दिएको छ । रासस


Read Previous

लिमीमा फोर जी सेवा

Read Next

बागलुङको रातामाटा गाउँमा सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य