Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

‘विद्युत आपुर्तिमा बारम्बार ‘ट्रिपिङ’ हुनुमा प्रणालीमा समस्या कारक’


ललितपुर । जलविद्युत क्षेत्रका विज्ञहरुले बर्षा याममा पनि बारम्बार बिद्युत आपुर्तिमा ट्रिपिङ हुनुमा प्रणालीकै समस्या कारक रहेको बताएका छन् । विद्युत पर्याप्त उत्पादन भएपनि बारम्बार ट्रिपिङ हुँदा त्यसले नागरिक तथा उद्योग व्यवसायमा समेत असर परिरहेको उनीहरुले बताए ।

बुधबार पाटनमा आयोजित कार्यक्रममा उनीहरुले यस्तो समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणको सक्रियता जरुरी भएको बताउँदै तत्कालै समस्या समाधानका लागि कदम चाल्नुपर्नेमा जोड दिए ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत उपलब्धता भएपनि वितरण र प्रसारण लाइनको साँघुरोपनताको समस्या रहेको बताउँदै आपुर्ति हुन सक्ने क्षेत्रमा पनि ट्रिपिङ हुन चिन्ताको विषय रहेको बताए । ‘अहिले बर्षामा विद्युत पर्याप्त छ तर प्रसारण र वितरण पूर्वाधार कमजोर छ ।’ उनले भने, ‘बिद्युत हुँदा पनि बारम्बार ट्रिपिङ हुनुको पछाडी प्रणाली सञ्चालनमा केही समस्या छ भन्ने देखिन्छ । ।’

एउटा प्रसारण लाइन निर्माण नहुने अवस्था देखिएमा वैकल्पिक व्यवस्थापन गर्नुपर्ने भएपनि त्यसतर्फ नसोचिएको बताउँदै यसका लागि प्राधिकरणभित्रै हरेक कामका लागि परामर्शदाताको भर नपरी इन्जिनियरिङ क्षमता अभिवृद्धि र नवीनत्तम समाधानको बाटो खोज्नुपर्ने शाक्यको तर्क थियो ।

२०२२ सालमा बिट्रिस सरकारले निर्माण गरेको ११ केभीकै रिंगमेनमै काठमाडौको वितरण प्रणाली सञ्चालन भईरहेको बताउँदै प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक शेरसिंह भाटले वितरण प्रणालीको सुधारका लागि योजना भएपनि कार्यान्वयन हुन नसकेको बताए । आयात र निर्यात बिजुलीको व्यवस्थापनको कारण पनि ट्रिपिङको समस्या बढेको हुन सक्ने उनको अनुमान थियो । ‘विद्युत आयात र निर्यात गर्दा एक दिन अघिनै गर्नुपर्ने र यथार्थतमा आयात र निर्यात गर्दा त्यो प्रवाह गर्ने समयमा अरु कुनै समस्या देखिएमा यसले समेत ट्रिपिङको समस्या देखिएको हुन सक्छ ।’ उनले भने ।

विद्युत प्राधिकरणका पुर्व उपकार्यकारी निर्देशक सुरेन्द्रराज राजभण्डारीले प्रसारण लाइन गुरुयोजनाभन्दा बाहिर गएर खल्तीबाट योजना निर्माण गर्ने प्रवृत्तिले प्रणाली सञ्चालन र व्यवस्थापनमा समस्या आएको बताए । ‘११ केभीको लो भोल्टेजले १३२ केभीकै प्रवाहमा र ४०/५० मेगावाटको एउटा परियोजनामा समस्या आउँदा पूरै प्रणाली ट्रिप हुनुलाई गम्भीर रुपमा लिनुपर्छ ।’ उनले भने ।

प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक हरराज न्यौपानेले पछिल्लो समयमा लोड व्यवस्थापनमा समस्याको कारण ट्रिपिङको समस्या देखिएको बताउँदै यो चिन्ताको विषय भएको बताए । ‘प्रणालीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि कोरिडोरहरु निर्माण गरेर विद्युत आपुर्तिका लागि योजना अघि बढेको छ, विद्युत मागको आधारमा आपुर्तिको व्यवस्थापन गर्ने गरी पूर्वाधार निर्माण गर्नुपर्छ ।’ उनी भन्छन्, ‘ट्रिपिङ बढ्दै जानु चिन्ताजनक विषय हो तर यसको समाधानका लागि प्रयासहरु भइरहेका देखिन्छ ।’

काठमाडौ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका सह प्राध्यापक विशाल सिलवालले वितरण प्रणालीको कमजोर क्षमता र उत्पादनमा केन्द्रित नीतिको ट्रिपिङमा समस्या रहेको बताए । ‘समयमै प्रसारण र वितरण लाइन नबन्ने हो भने सन् २०२५ को हिउँदमा दैनिक १२ करोड र बर्षामा १७ करोड बराबरको  बिजुली खेर जाने अवस्था आउने हाम्रो अध्ययनले देखाएको छ ।’ उनले भने, ‘छिटोभन्दा छिटो यसको समाधान गर्नेतिर लाग्नुपर्छ ।’

पूर्वाधार विज्ञ कमल पाण्डे, मानव अधिकारवादी नेता शुशील प्याकुरेल लगायतले पछिल्लो समयमा ट्रिपिङको कारणले घरका विद्युतीय उपकरणहरुमा हुने क्षति बढ्दो रहेको बताउँदै यसको क्षतिपुर्तिको व्यवस्था नहुनु बिडम्बना रहेको बताए ।


Read Previous

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने

Read Next

धादिङमा ४१ करोड बढी विद्युत बक्याैता उठाउन बाँकी,१ सय ३ ग्राहक कालाे सूचीमा  

Leave a Reply

Your email address will not be published.