Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा   

धादिङमा ४१ करोड बढी विद्युत बक्याैता उठाउन बाँकी,१ सय ३ ग्राहक कालाे सूचीमा  


मलेखु । नेपाल विद्युत प्राधिकरणले धादिङमा उठाउन बाँकी विद्युत बक्याैता ४१ कराेड रुपैयाँ नाघेकाे छ । प्राधिकरण धादिङ वितरण केन्द्र अन्तर्गत जिल्लामा ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ  विद्युत् बक्याैता उठ्न बाँकी देखिएकाे हाे ।

प्राधिकरण धादिङ वितरण केन्द्र प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र २७ करोड ५९ लाख ६४ हजार रुपैयाँ महसुल तिर्न बाँकी छ । महसुल नतिर्ने १ हजार ७ सय ४८ जनाको विद्युत लाइन काटिए पनि एक सय ७७ ग्राहकले अझैसम्म महसुल तिरेका छैनन् । १ सय ३ जना उपभोक्तालाई प्राधिकरणले कालोसूचीमा राखेको छ ।

विद्युत लाइन काटेपछि ४ करोड २६ लाख ७४ हजार रुपैयाँ बक्याैता असुली गरेको न्यौपानेले जानकारी दिए । कालोसूचीमा परेका उपभोक्ताबाट ३७ लाख १२ हजार रुपैयाँ असुल गर्न बाँकी छ । धादिङ वितरण केन्द्रले आर्थिक वर्ष (२०७९/८० ) मा एउटा ग्राहकको रकम उठाउन काठमाडाैं र भक्तपुरमा समेत उनीहरूको घरमा लाइन काटेको प्रमुख न्यौपानेले बताए ।

धादिङमा विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेका छन् । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपान्तरण गर्ने तथा ट्रान्सफर्मर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रणमा आउन सकेको छैन । गत आवमा विद्युत् चोरी गर्ने २ सय ९४ जनालाई कारबाही गरिएको थियो ।

उनीहरूबाट १४ लाख ८१ हजार रुपैयाँ जरिवाना असुल गरिएको उनले बताए । अघिल्लो आवमा १ सय २३ जनालाई विद्युत् चोरीअन्तर्गत कारबाही गरिएको थियो । गत आवमा ११ करोड २२ लाख ९१ हजार ६ सय ९ युनिट विद्युत बिक्री गरी १ अर्ब दुई करोड रकम सङ्कलन भएको वितरण केन्द्रले जनाएको छ ।


Read Previous

‘विद्युत आपुर्तिमा बारम्बार ‘ट्रिपिङ’ हुनुमा प्रणालीमा समस्या कारक’

Read Next

फलाम, तामा, सुन, चुनढुङ्गा, खरी, रुबीलगायतकाे खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

Leave a Reply

Your email address will not be published.