Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

अन्तरप्रदेश सञ्चालन हुने सवारी साधनको भाडा बढ्यो (सूचीसहित)


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिसँगै अन्तरप्रदेश सञ्चालन हुने सवारी साधनको भाडादरमा वृद्धि भएको छ । यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ४ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ । यसको अर्थ १ सय रुपैयाँ भाडा लिने ठाउँमा अब १ सय ४ रुपैयाँ ७० पैसा भाडा लिनेछ ।

त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ६ दशमलव १५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ६ दशमलव ८३ प्रतिशतले भाडा वृद्धि भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बाजार मूल्य ५ प्रतिशत वा त्योभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनु्सार स्वचालित रुपमा भाडा बढ्ने वा घट्ने व्यवस्था गरिएको छ । विभागले चैत्र १७, २०७८ को निर्णयअनुसार लागु गरिएकोमा पछिल्लो पटक भाडा समायोजन गर्दा आधार लिइएको साउन १, २०८० को डिजेलको औसत बजार मूल्य १४४ रुपैयाँ ८३ पैसा प्रति लिटरमा साउन ३१ गते २१ रुपैयाँले वृद्धि भएको छ । यसले औसत बजार मूल्य प्रतिलिटर १६५ रुपैयाँ ८३ पैसा कायम भएको र यो मूल्य पछिल्लो समायोजमा लिएको मूल्यभन्दा १४ दशमलव ५० प्रतिशतले बढी भएको हुँदा नयाँ भाडादर निर्धारण गरिएको जानकारी दिएको छ ।

यो भाडादर बुधबार (साउन ३१) देखि कार्यान्वयन हुने गरी दुई वा दुईभन्दा बढी प्रदेश भइ (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली अनुसार वृद्धि भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

भाडादरको सूची 

new fare rate public vehicle

 


Read Previous

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई एशियन अवार्ड

Read Next

एनसेलको एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता

Leave a Reply

Your email address will not be published.