Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

दाङमा एकैपटक नौ पुल निर्माण


दाङ । विकासका पूर्वाधारबाट पछि परेको जिल्लाको पश्चिमी क्षेत्रमा एकै पटक नौ वटा पुल निर्माण हुने भएका छन् । आर्थिक वर्ष २०८०र८१ मा पुल निर्माणका लागि ९ करोड  रूपैयाँ रकम विनियोजन गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले चालु आवका लागि जिल्लामा नौ वटा पुल निर्माण गर्ने योजनासहित बजेट विनियोजना गरिएको जानकारी दिए । उनका अनुसार रिम, तिनतले र भाँगाबार खोलामा बेलीबृज निर्माणका लागि ५० लाख रूपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।

ट्वाङखोलामा डिपिआरसहित पक्की पुल निर्माणका लागि १ करोड ५० लाख, पुरन्धारा हुँदै मलै जाने सडकअन्तर्गत बबई नदीमा डिपिआरका लागि १५ लाख तथा बखरीया–सरुवाडाँडा–गोल्टाकुरी–कालितारा सडकमा पुल निर्माणका लागि १ करोड २५ लाख  रूपैयाँ बजेट छुट्याएको मन्त्री मास्कीले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर–हापुर जोड्ने सडकअन्तर्गत तुलसीपुर–१ भमके खोलामा पुल निर्माणका लागि १ करोड, शान्तिनगर–३ पातेटाकुरा खोलाका लागि ७५ लाख, बौलाखोला माथिल्लो बाटोमा पक्कीपुल निर्माणका लागि १ करोड र बबई गाउँपालिकाअन्तर्गत राजीखरे खोलाका लागि ७५ लाख रूपैयाँ बजेट विनियोजन भएको छ ।

दाङको कर्णालीका रुपमा चिनिने गङ्गटे सडकअन्तर्गत हापुरे–गङ्गटे खण्डका विभिन्न खोलामा तीन पुल निर्माण हुन लागेका छन् । यसअघि यस खण्डमा पुल नहुँदा वर्षात्का समयमा आवतजावत ठप्प हुने गरेको थियो ।


Read Previous

सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी बन्नुपर्छ : सचिव रेग्मी

Read Next

महासंघद्वारा प्रम निवास र संघीय संसद भवन अगाडि धर्ना, मंगलवार यन्त्र उपकरण सहित धर्ना दिने

Leave a Reply

Your email address will not be published.