Nepal Purbadhar

डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरु, सूचना प्रविधि सम्बन्धि विषयमा छलफल हुने


काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ २०२३ काठमाडौंमा सुरु भएको छ । आइसिटी फाउन्डेसन नेपालद्वारा आयोजित कन्क्लेभ राजधानीको सोल्टी होटलमा सुरु भएको हो ।

कन्क्लेभको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे । कन्क्लेभलाई सम्बोधन गर्दै आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले डिजिटल नेपालको अवधारणालाई सफल पार्न कन्क्लेभको आयोजना गरिएको बताए । उनले डिजिटल संवादको वृहत रुप यो कन्क्लेभ भएको पनि बताए ।

यसअघि ७ वटै प्रदेशमा डिजिटल संवाद गरिएको बताउँदै लम्सालले कन्क्लेभ सूचना प्रविधिको क्षेत्रमा परिणाममुखी बनाउन प्रयास गरिने बताए । उनले सरकारले अहिले सरकारी सेवालाई डिजिटलाइज गर्दै लैजान गरिरहेको प्रयास सकारात्मक भएको बताउँदै कन्क्लेभबाट आउने रिर्पोट सरकारलाई बुझाएर यो अभियानलाई सफल पार्न सहयोग गरिने बताए ।

कन्क्लेभमा सूचना प्रविधि सम्बन्धि विविध विषयमा छलफल, अन्तरक्रिया तथा बहस हुनेछ । शनिबारसम्म चल्ने कन्क्लेभमा सूचना प्रविधिसँग सम्बन्धित १५ भन्दा बढी सेसनहरु हुँदैछन् । स्वदेशी तथा विदेशी गरी ६० जनाभन्दा बढी विज्ञहरुले आफ्नो प्रस्तुती दिनेछन् ।


Read Previous

नेपाल पूर्वाधार डटकमको पहिलो वार्षिकोत्सवका अवसरमा ‘पूर्वाधार समृद्धि’ सार्वजनिक

Read Next

डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड